Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

युवा संघ महासचिवको तयारीमा सचिव पौडेल

युवा संघ महासचिवको तयारीमा सचिव पौडेल
  • २६ बैशाख २०८२, शुक्रबार १२:४२

काठमाडौं– नेकपा एमालेको प्रभावशाली भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनको चर्चा सुरु भएको छ । अबको एक महिना आसपासमा संघको नीतिसहित नयाँ नेतृत्व चयन हुँदै छ ।

mulpatra

युवा संघ नेपालको दशौँ राष्ट्रिय महाधिवेशन आगामी जेठ ९ देखि ११ गते कास्कीको पोखरामा हुँदैछ । अहिले संघको नयाँ नेतृत्वमा कस–कसको उम्मेदवार पर्छ भनेर सबैको ध्यान तानिएको छ । युवा संघले महाधिवेशनको नारा ‘शिक्षा, सीप र स्टार्टअप युवाको त्रिशक्ति’ भन्ने मूल नारा तय गरेको छ ।

महाधिवेशन मिति नजिकिएसँगै संघले आन्तरिक तयारीलाई तीव्रता दिएका छ । आकाङ्क्षीहरूले लबिङ समेत बढाउन थालिसकेका छन् । महाधिवेशन मूल आयोजक कमिटी र विभिन्न उपसमितिले आवश्यक तयारी गरिरहेको सचिव निरोज पौडेलले जानकारी दिए । उनका अनुसार महाधिवेशनमा देशभरबाट लगभग १८ सय प्रतिनिधि छनोट हुनेछन् ।

mulpatra mulpatra mulpatra

संघले अहिले धमाधम महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम गरिरहेको र जेठ १ भित्र सबै जिल्लाका प्रतिनिधि केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिइसकेको उनले बताए ।

पौडेल महासचिवको तयारीमा

युवा संघको नेतृत्वका लागि आकाङ्क्षीहरूको लर्को लागेको छ । अध्यक्ष थेवेले नदोहोरिने सङ्केत गरेपछि हालका उपाध्यक्षहरू महाराज गुरुङ, कृष्णहरी केसी, प्रकाश गौतम र महासचिव सुमन पुरीले अध्यक्षका लागि आकाङ्क्षा देखाएका छन् ।
महासचिवका लागि निरोज पौडेलसहित राजन थापा, विनय शाह, पर्वत भण्डारी, महेश चौलागाई र खेम शर्माले आकांक्षा राखेका छन् ।

Image Source: © https://mulpatra.com

युवा संघको आगामी महाधिवेशनमा महासचिव पदका लागि सचिव निरोज पौडेलले तयारी गरिरहेको उनीनिटक युवाहरु बताउँछन् । पौडेलले भने यस विषयमा अहिलेसम्म केही बताएका छन् । युवा संघमा लामो समय काम गरेका पौडेललाई युवाका लागि नयाँ योजनाका साथ काम गर्ने सक्ने व्यक्तिका रुपमा हेरिन्छ । पौडेल युवा संघ कोही प्रदेशका इन्चार्ज समेत हुन् ।

पौडेल युवा संघको सचिवमा कार्यरत हुँदा युवाका समस्यालाई राष्ट्रियकरण गर्न माग राख्दै आएका छन् । उनले युवाका लागि सरकारले आवश्यक योजना ल्याउनुपर्छ भनेर आवाज उठाउने व्यक्ति हुन् । युवाले देश निर्माणका लागि नयाँ योजनाका साथ काम गर्नुपर्छ भन्ने पौडेलको मान्यता छ ।