राजावादी आन्दोलन प्रसाईबिना कमजोर देखियो, जेलबाटै समिति छाड्ने संकेत
काठमाडौं–तीनकुने घटनामा पक्राउ परेका नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई अहिले प्रहरी हिरासतमा छन् । उनीमाथि सरकारले नचाहिदो अनुसन्धान र दुख दिइरहेको छ ।

राजसंस्था फकाउने संयुक्त जनआन्दोलन समिति र राप्रपाले अहिले पनि राजसंस्था र हिन्दुराज्य फकाउन आन्दोलन गरिरहेका छन् । तर प्रसाईबिना राजसंस्था फकाउने आन्दोलन कमजोर हुँदै गएको प्रष्ट देखिन्छ ।
गत चैतमा राप्रपाले बल्खुमा, कमल थापाको राप्रपाले रत्नपार्कमा र समितिले गर्दै आएको विभिन्न आन्दोलनमा दैनिक सहभागिता घट्दै गएको छ । अहिले आन्दोलनमा प्रसाईको अभाव खड्किएको राप्रपाकै केही केन्द्रीय नेताहरु बताउँछन् ।
![]() |
![]() |
![]() |
|---|
प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले गत चैत १५ गते तीनकुनेमा राजसंस्थासहित हिन्दुराज्य फकाउने आन्दोलन घोषणा गरेका थिए । त्यस दिनका सरकारकै कमजोरीका कारण आन्दोलन हिसांत्मक बनेको थियो । उक्त आन्दोलनका कमान्डर घोषणा गरिएका प्रसाईले कार्यक्रममा संम्बोधन गर्न समेत पाएनन् ।
प्रसाई प्रहरी हिरासतमा भएपनि दुई राप्रपा र राजसंस्था फकाउने संयुक्त जनआन्दोलन समितिले राजसंस्था र हिन्दुराज्यका लागि आन्दोलन गरे । तर जनताको सहभागिता भने न्यून देखियो । जसका कारण राप्रपा र समितिको आन्दोलन कमजोर बन्दै गएको विषयमा राजावादीहरु चिन्तित छन् ।
प्रसाईलाई सरकारले अहिले नाजायज रूपमा हिरासतमा राखिएको प्रति सरकारको कडा आलोचना समेत भइरहेको छ । देशभक्त–राष्ट्रवादी आन्दोलनका नेतृत्व गरेका प्रसाईमा सरकारले नचाहिदो मुद्दा समेत चलाउन नाटक गरिरहेकको छ ।
गत चैत १५ गते राजसंस्था फकाउने संयुक्त जनआन्दोलन समितिपनि कार्यक्रममा सहभागि थिए । समितिसँगै राप्रपाले पनि आन्दोलनमा सहयोग गरेको थियो । तीनकुने प्रदर्शन समितिको नेतृत्वमा भएपनि प्रसाईलाई फसाउन स्यंम राजावादी,दुई राप्रपा, एमाले र युवा लागेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
Image Source: © https://mulpatra.com
तीनकुने घटनापछि प्रसाईको बारेमासंयुक्त जनआन्दोलन समिति र राप्रपाले अपनत्व लिएनन् । उल्टै प्रसाईलाई प्रहरीले किन नपत्रिएको भन्दै राप्रपा अध्यक्ष अध्यक्ष लिङदेनले सार्वजनिक मञ्चमै भाषण गरे । राजसंस्था पक्षधर सबैभन्दा ठूलो दलका रूपमा राप्रपा प्रसाईको विषयमा जिम्मेवारीबाट पन्छिएको थियो । तर अहिले राप्रपाका अध्यक्ष लिङ्देन र थापाले प्रसाईलाई प्रयोग गर्न अर्को रणनीति लिएका छन् ।
राप्रपा र दुर्गा प्रसाईबीच सुमधुर सम्बन्ध थिएन । प्रसाईँले सार्वजनिक फोरममै राप्रपाको आलोचना गर्ने गरेका थिए । यसै कारण पनि गत चैत १५ गते राप्रपा र समितिले प्रसाईलाई फसाउने रणनीति बनाएको प्रसाईनिटक नेताहरु बताउँछन् ।
दुवै राप्रपाले हिजो सबैको जिम्मेवारी राप्रपाले लिने घोषणा गरे । तर यसभित्र अर्कै खेल भएको देखिन्छ ।
मुख्य आयोजक दुर्गा प्रसाई पनि प्रहरी हिरासतमा छन् । राप्रपाले सबैको जिम्मेवारी वहन गर्ने निर्णय गर्दा दुर्गा पनि त्यसभित्र पर्छन् वा पर्दैनन् भन्ने चाहिँ अस्पष्टता देखिएको छ । राप्रपा स्रोतले यो विषयमा अनभिज्ञता दर्शायो ।
तर दुर्गा प्रसाईले भने जेलबाटै राजसंस्था फकाउने संयुक्त जनआन्दोलन समिति छाड्ने संकेत गरेका छन् । प्रसाईले आफुलाई फसाउन समिति र राप्रपा लाग्दा राजावादी आन्दोलनमा ओझेलमा परेको बताउँदै आएका छन् ।
उनलाई जेलमा भेट्न पुगेका नेताकार्याकर्तासँग प्रसाईले आफु अन्जाना भएको फाइदा धेरै उठाएको र आगामी दिनमा आफनै एजेण्डा बनाएर नयाँ आन्दोलनको नेतृत्व गर्ने समेत बताउँदै आएका छन् । प्रसाईले अप्रत्यक्ष रुपमा राजसंस्था फकाउने संयुक्त जनआन्दोलन समिति छाड्ने संकेत गरेको पनि उनीनिटक नेताहरु बताउँछन् ।



