पहिला नीतिगत सुधार कि व्यावसायिक दबाबः बैरो विभागको पटके अव्यवहारिक सूचना, ट्राभलसँग साँठगाँठको आशंकाकर्मचारीको व्यवहारबाट आजित व्यवसायी दुख पाउँछन् कामदार
काठमाडौं– वैदेशिक रोजगार विभागले पछिल्लो समय गरेका केही निर्णय र निर्देशनप्रति वैदेशिक रोजगार व्यवसायीमा असहज सिर्जना भइरहेको छ ।

विभागले अध्ययन र अवस्था नहेरी छोटो समय दिएर सूचना निकालेर दबाब सिर्जना गरेकोप्रति म्यानपावर व्यवसायीहरूले असन्तुष्टि जनाउन थालेका छन् ।
हालै विभागले समय नै नदिइ वैदेशिक रोजगारीमा जाने कामदारको विवरण ३ भित्र पेश गर्न व्यवसायीलाई सूचना जारी गरेको छ । उक्त सूचनामा अनिवार्य नेपालकै विमानस्थल प्रयोग भन्ने शब्द समेत राखिएको छ ।
![]() |
![]() |
![]() |
|---|

व्यवसायीहरूको भनाइमा विभागका कतिपय निर्णय व्यवहारिक नभई म्यानपावर कम्पनीलाई अनावश्यक दबाब दिने खालका छन् ।
यसले वैदेशिक रोजगार क्षेत्रमा अन्योल सिर्जना गर्नुका साथै व्यवसायीहरूलाई तर्साउने वातावरण बनेको आरोप लगाइएको छ ।
पटक–पटक विमानस्थल निर्माण कार्यका कारण उडान अवरुद्ध भएको विषयलाई चासो नदिइ व्यवसायीलाई मात्र विभागबाट दोषी बनाउने काम भइरहेको एक व्यवसायीले आरोप लगाए ।
Image Source: © https://mulpatra.com
वैदेशिक रोजगार विभागका कर्मचारीले समेत म्यानपावर व्यवसायीलाई लाइसेन्स नलिइ काम गरेजस्तो व्यवहार गदै आएको रोजगार व्यवसायीकै गुनासो छ ।
तत्कालिन श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीको सरकारले नेपालबाट खाडी, मलेसिया र युृरोपका देश जान हवाइ टिकट महँगो भएपछि भारत हुँदै जान सक्ने सुविधा दिएको थियो ।
यसको मुख्य कारण नेपालबाट ८० हजार पर्ने हवाइ टिकट भारतबाट ३० हजारमा पाइन्छ । तत्कालिन मन्त्री भण्डारीले श्रम स्वीकृति लिएका कामदारका हकमा एनओसी समेत नचाहिने व्यवस्था गरेका थिए ।
वैदेशिक रोजगारीमा जाने कामदारका हकमा अनलाइनबाट विश्वको जुनसुकै कुनाबाट पनि टिकट काट्न पाउने व्यवस्था छ । टिकट सहज भएको बेला व्यवसायीले यस्तो सुविधा लिने गरेको पाइन्छ । यसलाई हुण्डी कारोवार भन्न नमिल्ने व्यवसायीहरु बताउँदै आएका छन् ।
यसको मुख्य कारण थियो । वैदेशिक रोजगारीमा जाने कामदारको टिकट खर्च कम होस भनेर उनले यो निर्णय गरेको त्यति बेला समेत बताएका थिए । श्रम स्वीकृति लिएर जाने कामदारका हकमा एनओसी समेत नचाहिने निर्णय उनैले गराएका थिए ।
व्यवसायीहरूका अनुसार कामदारको हवाई टिकट, यात्रा व्यवस्थापन तथा अन्य सेवासम्बन्धी विषयमा विभागले जारी गरेका केही प्रावधानले म्यानपावर कम्पनीको भूमिका कमजोर बनाउँदै ट्राभल एजेन्सीहरूलाई फाइदा पुग्ने अवस्था सिर्जना गरेको छ । यसै कारण विभागका केही निर्णय ट्राभल एजेन्सीसँगको सम्भावित साँठगाँठका आधारमा आएको हो कि भन्ने आशंका व्यवसायीहरूले व्यक्त गरेका छन् ।
विभागकी महानिर्देशक मिरा आचार्यले वैदेशिक रोजगारीमा जाने कामदार, हवाई अवस्था र नीतिगत सुधारभन्दा पहिला व्यवसायीलाई मात्र लक्षित कडाइ गर्न थालेको रोजगार व्यवसायीको आरोप छ ।
विभागले पटक–पटक जारी गरेको सूचना विगतमा सरकारले गरेको निर्णयविपरित भएको देखिन्छ । सरकारपिच्छे भएका निर्णयको अध्ययन नगरी विभागले सिधै सूचना निकाल्दा कामदारको उडानमा समेत समस्या हुने व्यवसायीको भनाइ छ ।
विगतका सरकारले गरेका केही निर्णयको अध्ययन नगरी विभागले सिधै व्यवसायीमाथि दबाब सिर्जना गर्ने सूचना जारी गर्दा त्यसको असर कामदार जाने पक्रियामा परेको समेत श्रमिकको गुनासो छ ।
वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित कुनै पनि नीति तथा निर्णय गर्नुअघि सरोकारवाला वैदेशिक रोजगार व्यवसाय संघ, श्रमिक प्रतिनिधि र सम्बन्धित निकायसँग पर्याप्त छलफल गरिनुपर्छ । अन्यथा यस्ता निर्णयले श्रमिक पठाउने प्रक्रिया थप जटिल बन्ने र अन्ततः त्यसको असर वैदेशिक रोजगारीमा जाने कामदारमाथि नै पर्ने रोजगारविज्ञ गणेश गुरुङको तर्क छ ।
व्यवसायीहरूले विभागलाई व्यवहारिक, पारदर्शी र सरोकारवालाको सहभागितामा आधारित निर्णय गर्न आग्रह गरेका छन् । साथै, वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित र विश्वसनीय बनाउन राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको समेत विभागकै महानिर्देशक आचार्यसँग भएको कतिपय भेटवार्ता र छलफल समेत भएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



