हुलाक बचत बैंकको ५ करोड ३५ लाख खाने नासु र हाकिमलाई भ्रष्टाचार मुद्दा

हुलाक बचत बैंकको ५ करोड ३५ लाख खाने नासु र हाकिमलाई भ्रष्टाचार मुद्दा
  • ३० बैशाख २०८२, मंगलवार १४:१६

काठमाडौं– हुलाक बचत बैंकको रकम अभिलेख नगरी बाँडचुड गर्ने जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख र बचत बैंक हेर्दै आएका नासुसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

mulpatra

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा २०६० सालदेखि हुलाक बचत बैंक हेर्दै आएका नासु बलीरामप्रसाद कुर्मी, बारा जिल्ला हुलाक कार्यालयका तत्कालीन कार्यालय प्रमुखहरू जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साहमाथि मुद्दा दायर गरेको हो ।

उनीहरूसँग ५ करोड ३५ लाख ६४ हजार २७९ रूपैयाँ बिगो दाबी गरिएको छ । नासु बलीरामले बचतकर्ताको पासबुक तथा लेजर बुकमा मात्र जनाई, कार्यालयको दैनिक नगदी रजिष्टरमा नजनाई, बैंक दाखिला नगरी, केन्द्रीय कार्यालयमा जानकारी नगराएको साथै हाकिमसँग मिलेमतो गरी लिने खाने गरेको खुलेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

mulpatra mulpatra mulpatra