Close

Recent Posts

मेचीनगर १० मा क्षयरोगीहरुलाई पोषीलो खाद्य सामाग्री वितरण

मेचीनगर १० मा क्षयरोगीहरुलाई पोषीलो खाद्य सामाग्री वितरण
  • २ जेष्ठ २०८२, बिहीबार २१:३१

झापा । मेचीनगर नगरपालिका वडा नं. १० मा रहेको मेचीनगर आधारभूत अस्पतालबाट क्षयरोगको औषधी सेवन गर्ने ३१ जना क्षयरोगीहरुलाई पोषीलो खाद्य सामाग्री वितरण गरिएको छ ।
मेचीनगर नगरपालिका वडा नं. १० का वडाध्यक्ष नारायण खनाल, मेचीनगर आधारभूत अस्पतालका प्रमुख डा. आशिष निरौला, वडा सदस्य सोमनाथ ओझा, जानुका थापा लगायतको उपस्थितिमा क्षयरोगीलाई पोषिलो खानेकुरा वितरण गरिएको हो ।
क्षयरोग मुक्त पालिकाको बनाउन विभिन्न कार्यक्रम गर्दै आइरहेको मेचीनगरको क्षयरोग मुक्त कार्यक्रम संयोजक सदिक्षा भट्टराईले क्षयरोग र सन्चालन भइरहेको कार्यक्रमको विषयमा प्रकार पारेकी थिइन ।
मेचीनगर नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जसमा जनचेतना अभिवृद्धि, निःशुल्क परीक्षण तथा उपचार सेवा, र समुदायस्तरमा सक्रिय खोजी कार्यक्रमहरू समावेश छन्। समुदायमा लुकेका संक्रमितहरुको पहिचान र उपचार चुनौति बन्दै आएपछि नगरपालिकाले क्षयरोगको रोकथामको लागि उल्लेख्य प्रगती हासिल गरेको छ ।