Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

कर्मचारीमा कुलिङ पिरियड २ वर्ष राखिने

कर्मचारीमा कुलिङ पिरियड २ वर्ष राखिने
  • ३ जेष्ठ २०८२, शुक्रबार १०:३०

काठमाडौं– कर्मचारीमा कुलिङ पिरियड २ वर्ष राखिने भएको छ । गृहमन्त्री रमेश लेखकले कर्मचारीमा कुलिङ पिरियड २ वर्ष राख्न सरकार सहमत भएको बताएका हुन् ।

mulpatra

कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को नियुक्ति नलिने भन्ने व्यवस्था हो । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा विधेयकमाथि छलफल जारी छ । जहाँ गृहमन्त्री लेखकले भनेका छन्, ‘कुलिङ पिरियड २ वर्ष राखेर जाऔं ।’

कानुन बनाउन वा संशोधन गर्न फेरि अर्को पटक केही समय लाग्ने र तत्काल संशोधन गर्ने कुरा पनि त्यति जायज नहुने भन्दै उनले कुलिङ पिरियड २ वर्ष राखेर जाने उनको प्रस्ताव छ । सरकार २ वर्ष कुलिङ पिरियड राख्न सहमत भएसँगै यो विषय अगाडि बढ्ने भएको समितिका एक सदस्यले बताए ।

mulpatra mulpatra mulpatra

सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक जारी छ ।