Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

सदनमा लिङ्देन निषेध गरेर जान खोजेको भए सरकारले जंगल पस भन्नुपर्‍यो

सदनमा लिङ्देन निषेध गरेर जान खोजेको भए सरकारले जंगल पस भन्नुपर्‍यो
  • ३ जेष्ठ २०८२, शुक्रबार १३:०७

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले संविधानको उल्लंघन गरिरहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले फरक विचार राख्नेहरूलाई निषेधको राजनीति गर्न खोजेको भए आफूहरू विद्रोहमा जान तयार रहेको बताए ।

mulpatra

उनले करिब दुई महिनादेखि रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरूलाई फरक विचार भएकै कारणले, राजसंस्था मान्छु, हिन्दू राष्ट्र मान्छु संघीयता मान्दिनँ भनेकै कारणले अपमानपूर्वक खोरमा राखिएको दाबी गरे ।

उनले भने, ‘आज फेरि राप्रपा सम्बद्ध युवा संघका केन्द्रीय अध्यक्षलाई साइबर ब्युरोले पक्राउ गरिएको छ । आस्थाकै आधारले एकपछि अर्को मानिसलाई पक्राउ गर्दै लाने हो भने प्रधानमन्त्री र गृहमन्त्रीलाई भन्न चाहन्छु निषेध गरेर लाने हो भने औपचारिक रूपमै भनिदिओस्, हामी विद्रोहमा जाऔँ । जङ्गल पस भन्नुप¥यो ।’

mulpatra mulpatra mulpatra

उनले सरकारको गतिविधि दुःखद, मानव अधिकार र संविधानविरुद्ध भएको बताए ।