सदनमा लिङ्देन निषेध गरेर जान खोजेको भए सरकारले जंगल पस भन्नुपर्‍यो

सदनमा लिङ्देन निषेध गरेर जान खोजेको भए सरकारले जंगल पस भन्नुपर्‍यो
  • ३ जेष्ठ २०८२, शुक्रबार १३:०७

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले संविधानको उल्लंघन गरिरहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले फरक विचार राख्नेहरूलाई निषेधको राजनीति गर्न खोजेको भए आफूहरू विद्रोहमा जान तयार रहेको बताए ।

उनले करिब दुई महिनादेखि रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरूलाई फरक विचार भएकै कारणले, राजसंस्था मान्छु, हिन्दू राष्ट्र मान्छु संघीयता मान्दिनँ भनेकै कारणले अपमानपूर्वक खोरमा राखिएको दाबी गरे ।

उनले भने, ‘आज फेरि राप्रपा सम्बद्ध युवा संघका केन्द्रीय अध्यक्षलाई साइबर ब्युरोले पक्राउ गरिएको छ । आस्थाकै आधारले एकपछि अर्को मानिसलाई पक्राउ गर्दै लाने हो भने प्रधानमन्त्री र गृहमन्त्रीलाई भन्न चाहन्छु निषेध गरेर लाने हो भने औपचारिक रूपमै भनिदिओस्, हामी विद्रोहमा जाऔँ । जङ्गल पस भन्नुप¥यो ।’

उनले सरकारको गतिविधि दुःखद, मानव अधिकार र संविधानविरुद्ध भएको बताए ।