वर्षा राउतले साइन् गरिन् ‘महाराजधिराज’

काठमाडौं । फिल्म ‘महाराजधिराज’मा अभिनेत्री वर्षा राउत अनुबन्धित भएकी छन् । यो फिल्ममा कलाकारको लाइनअप तय हुने क्रम जारी छ । यस क्रममा राउत फिल्मसँग जोडिएकी हुन् ।
शीर्षमध्येको भूमिकामा यसअघि वर्षा सिवाकोटी पनि अनुबन्धित भैसकेकी छन् ।
रमेश उप्रेती, आर्यन सिग्देल, पल शाह पनि शीर्ष भूमिकामा जोडिएका छन् । यो फिल्मलाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । पोस्टर यसअघि नै रिलिज भइसकेको छ ।
यो फिल्म फूलपातीमा प्रदर्शन हुने जनाइएको छ ।
यसअघि ‘प्रेमगञ्ज’ निर्देशन गरेका सेनले पटकथा लेखेका छन् ।छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्तामा विराज बिष्ट छन् ।
उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो ।
निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।