Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रसाईले चर्काएको माहोलमा राप्रपा र राजावादीको अन्योलतामा फाइदा लिने दाउमा कांग्रेस

प्रसाईले चर्काएको माहोलमा राप्रपा र राजावादीको अन्योलतामा फाइदा लिने दाउमा कांग्रेस
  • ९ जेष्ठ २०८२, बिहीबार १६:५०

काठमाडौं– कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक राजसंस्थाबारे आफू नकारात्मक नरहेको तर हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा आफ्नो समर्थन रहने सन्देश राजसंस्था पुनःस्थापना आन्दोलनसमक्ष पठाएको बुझिएको छ ।

mulpatra

पछिल्लो समय चर्चा नै हराएको राजसंस्थाको पक्षमा नागारिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई माहोल तताएनन् ।

त्यति मात्र उनले राजसंस्थालाई चर्चा समेत ल्याइदिए ।
यसका जस लिने दौडमा दुई राप्रपा र राजादावी लागि परेका छन् । तर अहिले राजसंस्थाका पक्षमा वकालत गदैै आएका राप्रपा र स्यंम राजावादीलाई समेत जनताले पत्याएका छैन । यसको मुख्य कारण भनेको राजावादी र राप्रपा नै हो ।

mulpatra mulpatra mulpatra

नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले लिएको संवैधानिक राजतन्त्र र नेपाली कांग्रेस तथा प्रजातान्त्रिक शक्तिहरुबीचको सहकार्यले मात्र मुलुकको स्वतन्त्र हैसियत र प्रजातन्त्र सुनिश्चित गर्छ भन्ने मान्यता बोकेका नेता लोकेश ढकालले देउवाको यो प्रस्ताव आफ्नो जानकारीमा रहेको पाइएको छ ।

देउवाको यो सन्देश निर्मल निवासमा पुगेको छ । अहिले कांग्रेस पनि राजसंस्था र हिन्दु राज्यका पक्षमा उभिन थालेको छ ।

राजसंस्था पुनःस्थापनाका लागि ‘निर्णायक’ आन्दोलन जेठ १५ बाट हुने घोषणासँगै नेपाली कांग्रेस र नेकपा एमालेबीच बढ्दो तिक्तता, आन्दोलनको पक्षमा देशका ७७ मध्ये झण्डै ७० जिल्लामा विभिन्न आकारमा देखिएका समर्थन र पूर्वराजा ज्ञानेन्द्र शाहको जनता समक्षका अपिलका बीच नेपाली कांग्रेसको नेतृत्व तहले राजसंस्थाबारे आफ्नो धारणामा लचकता देखाएको हो ।

Image Source: © https://mulpatra.com

१५ चैतमा काठमाडौंको आन्दोलन हिंसात्मक भएपछि बनाउन राप्रपा र सरकारले ठुलै खेल खेलेका थिए । त्यसपछि राप्रपासँग हिन्दुराज्यका पक्षमा रहेका जनता पनि बिच्किएका छन् ।

राजावादी १५ जेठको आन्दोलन भने शान्तिपूर्ण बनाउने प्रयासमा देखिन्छन् । तर उनीहरुको आन्दोलनमा जनताको सहभागि खासै होला जस्तो छैन ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अराजक र हिंसात्मक अभिव्यक्ति दिन थालेका छन् । ६ जेठमा लिङ्देनले आफ्नो आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाग्न हेलिकोप्टर दिने घोषणा गरेका छन् । यसका कारण पनि सरकारले राजावादी आन्दोलनप्रति कडा हुने प्रहरीको भनाइ छ ।

गत वर्ष २५ फागुनमा अन्तिम राजा ज्ञानेन्द्र शाह पोखरा भ्रमण गरेर काठमाडौं फर्कंदै थिए । उनलाई काठमाडौं फर्कंदा स्वागत गर्ने भन्दै राजावादीहरू तयारी गर्न थाले ।

२५ फागुनमा राजावादीहरूले त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म ज्ञानेन्द्रलाई स्वागत गर्दै नाराजुलुस गरे । यसकाल पछाडी दुर्गा प्रसाईको ठृलै हात थियो । यो राप्रपा र स्यम राजाले समेत बुझेका छन् ।

कमान्डर दुर्गा प्रसाईंको नेतृत्वमा भएको तीनकुने आन्दोलनमा राजावादीले नै समस्या देखाएका थिए । प्रसाई अहिले थुनामा छन् । तर, यता शाह पनि कहिले नगरकोट बसेर त कहिले निर्मलनिवासमा लन्ज मिटिङ गरेर राजावादीहरूलाई एक ठाउँमा ल्याउने प्रयासमा छन् । तर उनले पनि प्रसाईबिना आफनो आन्दोलन सफल हुने देखेका छैन ।

पछिल्ला दिनमा हिन्दु धर्मको पक्षमा कांग्रेसका उपल्लो तहका नेताहरू नै सार्वजनिक मञ्चबाट बोल्न थालेपछि राजावादीहरूमा उत्साह थपिएको छ । शेखर कोइराला, शंशाक कोइरालासहित कांग्रेसको एउटा पंक्ति हिन्दु धर्मको पक्षमा खुलिरहेको छ ।

विगतमा शंशाक कोइरालासहित शंकर भण्डारी, लोकेश ढकाल, लक्ष्मण घिमिरे, विनयध्वज चन्दलगायतका केही नेताहरू मात्रै हिन्दु धर्मको पक्षमा हुन्थे । अनि, कांग्रेस महासमिति बैठकमा पनि त्यसरी नै प्रस्तुत भइरहेका हुन्थे । तर, अहिले कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला नै बोल्न थालेका छन् । महामन्त्री गगन थापाले समेत राज्यको धर्म हुने अभिव्यक्ति दिएका छन् । त्यसले राजावादीलाई हौसला थपेको विश्लेषण भइरहेको छ । त्यही उत्साहका कारण लिङ्देनहरूले समाजलाई अराजक हुन प्रेरित गरिरहेको देखिन्छ ।