मलेसिया सिण्डिकेटलाई बल पुग्नेगरी संघका अध्यक्ष गुरुङको विज्ञप्ती, उनीमाथि पनि आशंका
काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघले दुई सातादेखि मलेसिया रोजगारी सिण्डिकेट विरुद्ध सरकारलाई चेतवानी दिदै आन्दोलन सुरु गरेका छन् ।

अघिल्लो बुधबार संघले हातमा कालोपट्टी र कालो ब्यानरसहित सिन्डिकेटको विरोधमा आन्दोलनमा उत्रिएको हो ।यसअघि प्रेस विज्ञप्तिमार्फत मलेसियाको सिन्डिकेटको विरोध गर्दै आएको संघ बुधबारदेखि कालो ब्यानर र कालोपट्टीसहित विरोधमा उत्रिएको हो ।
संघले आफ्ना सदस्यहरूलाई सिन्डिकेटमा सहभागी नहुने लिखित प्रतिबद्धता माग गरेको थियो । गत साता मूलपत्र डटकमले मलेसिया रोजगारी सिण्डिकेटविरुद्ध दुई वटा समाचार प्रकाशन गरेको थियो ।
![]() |
![]() |
![]() |
|---|
मलेसिया सिण्डिकेटः श्रम र परराष्ट्रमन्त्रीको ग्रिन सिग्नलमा मल्होत्रा घुस्दै, भुषण र खड्काबाहेक ३ म्यानपावर र मलेसिया सिण्डिकेट, ६० बढी म्यानपावरको नाम परराष्ट्र मन्त्रीको हातमा, साढे एक अर्बको चलखेल शीर्षकका समाचार थिए ।
मलेसिया सिण्डिकेटः श्रम र परराष्ट्रमन्त्रीको ग्रिन सिग्नलमा मल्होत्रा घुस्दै, भुषण र खड्काबाहेक ३ म्यानपावर शीर्षक समाचारमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङको तस्वीर अन्जानमा प्रयोग भएको थियो । यस विषयमा मूलपत्र सञ्चारमाध्यमले खण्डन गदै उनीसँग माफी समेत मागेको थियो ।
उक्त समाचारमा अध्यक्ष गुरुङको नाम कतै जोडिएको छैन । तर गरुङसँग माफी माग्दै समाचारको खण्डन गरेपनि कानुनी उपचार खोज्ने भन्दै प्रेस काउन्सिलमा आइतबार बिहान उजुरी दिएका छन् । उनले मलेसिया सिण्डिकेटः श्रम र परराष्ट्रमन्त्रीको ग्रिन सिग्नलमा मल्होत्रा घुस्दै, भुषण र खड्काबाहेक ३ म्यानपावर शीर्षकको समचारलाई कोपकल्पित समेत भनेर आरोप लगाएका छन् ।

उनले आफनो फोटो प्रयोग गरिएको विषयमा प्रेस विज्ञप्ती निकाल्नु उचित र कानुन सम्वत छ । तर अध्यक्ष गुरुङले उनको नाम नै कतै नजोडिएको समाचारलाई कोपकल्पित भन्नुमा ठुलै रहस्य लुकेको छ । उनको विज्ञप्तीपछि धेरै व्यवसायी उनीसमेत मलेसिया रोजगारीमा अप्रत्यक्ष रुपमा संलग्न रहेको अनुमान र आशंका गर्न थालेका छन् ।
Image Source: © https://mulpatra.com
मलेसिया रोजगारी सिण्डिकेटमा गुरुङको पनि संग्लनता रहेको केही व्यवसयायीको आरोप छ । यस विषयमा कुराकानी गर्न पटक–पटक सम्पर्क गर्दा समेत गुरुङ फोन उठाएनन् । गत साता भने उनले मलेसिया सिण्डिकेटः श्रम र परराष्ट्रमन्त्रीको ग्रिन सिग्नलमा मल्होत्रा घुस्दै, भुषण र खड्काबाहेक ३ म्यानपावर शीर्षक समाचारको कानुनी उपचार खोज्ने भन्दै फोन काटेका थिए ।
संघका महासचिव महेश बस्नेतले वैदेशिक रोजगार व्यवसायी संघले कतै संलग्न नरहेको र संघको नेतृत्वमाथि कसैले आरोप मात्र लगाएको प्रष्ट पारे । उनका अनुसार संघ नै मलेसिया रोजगारी सिण्डिकेटविरुद्ध आन्दोलन गरिरहेको र कुनै पनि हालतमा सिण्डिकेट लाग्ने नदिनेको महासचिव बस्नेतको भनाइ छ ।

दुई साताअघि गुरुङको भनाइ
दुई साताअघि विरोध कार्यक्रमबारे जानकारी दिँदै संघका अध्यक्ष भुवनसिंह गुरुङले नेपाल सरकारले प्रेस विज्ञप्ति जारी गरेर मलेसिया सिन्डिकेटको विरोधमा रहेको जनाउनु सकारात्मक भएपनि आम व्यवसायी आश्वस्त हुन नसकेकाले खबरदारीका लागि कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएको बताए ।

उनले सिन्डिकेटको विरोधमा मलेसियास्थित नेपाली राजदूतावासले समन्वय गरिरहेको भन्दै आम व्यवसायीले संविधान तथा कानुनले दिएको स्वतन्त्रता अनुसार पेशा व्यवसाय र काम गर्ने वातावरण सुनिश्चित हुनुपर्ने पक्षमा संघ दृढताका साथ उभिने बताए ।
मलेसिया सिण्डिकेटविरुद्ध लेखिएको समाचारको उनै गुरुङले सिण्डिकेटलाई नै बल पुग्ने गरी विज्ञप्ती जारी गरेका हुन् ।



