Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

पुरीले नमानेपछि युवा संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो, फेरी अध्यक्षमा भीडर्दै थेवे

पुरीले नमानेपछि युवा संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो, फेरी अध्यक्षमा भीडर्दै थेवे
  • १२ जेष्ठ २०८२, आईतवार १७:२८

काठमाडौं– नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघको पोखरामा जारी १०औं महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढेको छ ।

mulpatra

निर्वाचन समितिले भर्खरै सार्वजनिक गरेको तालिकाअनुसार अपरान्ह ४ देखि साँझ ६ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । महासंघमा कुल प्रतिनिधि १७५१ जना छन् ।

सोमबार बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मतदान समय राखिएको छ । त्यसपछि मतगणनाको समय निर्धारण गरिएको छ ।
महाधिवेशनबाट फेरि दोहोरिन चाहेका वर्तमान अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा देखिएको छ । तर, नेताहरू सर्वसम्मतको प्रयासमा जुटेका छन् ।

mulpatra mulpatra mulpatra

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन भन्दै थेवेलाई अध्यक्ष बनाउने र पुरीलाई पार्टीमा व्यवस्थापन गर्ने चर्चा भएपनि उनले मानिरहेका छैनन् ।

अध्यक्ष पदका आकांक्षीलाई व्यवस्थापन गर्न राष्ट्रिय युवा संघ नेपालले पार्टी निर्देशनविपरीत उपाध्यक्षबाट महिलाको कोटा हटायो । तर, अध्यक्ष सर्वसम्मत हुने सम्भावना अहिलेसम्म देखिँदैन ।

‘चुस्त कमिटी, दुरुस्त कार्यभार’ को मान्यतासहित एमालेले गत फागुनमा ‘क’ श्रेणीका जनसंगठनलाई ९ पदाधिकारी, १५१ सदस्यीय केन्द्रीय कमिटी र ‘ख’ श्रेणीका जनसंगठनलाई ९ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्न दिएको निर्देशन हालसम्म महाधिवेशन गरेका ११ जनसंगठनले पालना गरे । तर, आकांक्षी व्यवस्थापनका नाममा युवा संघले महिला उपाध्यक्षलाई सचिवमा लग्यो । त्यति गर्दाका पनि अध्यक्षका आकांक्षी व्यवस्थापन भएनन् ।

Image Source: © https://mulpatra.com

उपाध्यक्ष महाराज गुरुङ र महासचिव सुमन पुरीले पहिल्यैदेखि अध्यक्ष पदको दाबी गरिरहेका थिए । तर, बहालवाला अध्यक्ष क्षितिज थेवेले दोहोरिन चाहेपछि गुरुङ पुनः उपाध्यक्ष रहने गरी पछाडि हटे । महासचिव पुरीले उपाध्यक्ष स्वीकारेनन्, अध्यक्षमै प्रतिस्पर्धा गर्ने अडान लिए । उनैलाई बनाउनका लागि विधान संशोधन गरेर महिला उपाध्यक्षको कोटालाई सचिवमा झारियो । दुबै उपाध्यक्ष खुलातर्फ गयो । तर, बन्नुपर्नेले उपाध्यक्ष बन्न मानेनन् ।

यसरी दुई खुला उपाध्यक्ष बनाइँदा पनि सर्वसम्मत नभएपछि अहिले ४ बजेदेखि मनोनयन शुरु गर्ने गरी निर्वाचन आयोगले नयाँ तालिका सार्वजनिक गरेको छ ।

पूर्वतालिकाअनुसार दिउँसो १२ बजे मनोनयन दर्ता गर्नुपर्ने थियो । दुई खुला उपाध्यक्षसहित सर्वसम्मतको प्रयास गर्नका लागि उक्त समयमा मनोनयन फारम वितरण गरिएन । अन्ततः महिलाबाट खोसेर खुला कायम गरिएको उपाध्यक्ष पनि निर्वाचनबाटै चउन गर्नुपर्ने भएको छ ।

एमालेले जनसंगठनमा एक अध्यक्ष, महिलासहित दुई उपाध्यक्ष, एक–एक महासचिव, उपमहासचिव, प्रचार, विदेश मामिला, संगठन र आर्थिक विषय हेर्ने गरी चार सचिव बनाउन निर्देशन दिएको थियो । युवा संघले विदेश हेर्ने गरी बनाउनुपर्ने सचिवलाई कटौती गर्दै महिलालाई समावेश गरेको छ ।

संघका पूर्वअध्यक्ष राजीव पहारी राम्रो उद्देश्यका साथ त्यसो गरिएको बताउँछन् । मनोनयन दर्ता खुलाइए पनि मतदान नहुँदासम्म सर्वसम्मतको प्रयास जारी रहने उनको भनाइ छ ।