Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

उपत्यकावासीको घरदैलो कार्यक्रममा पुगेका राजावादी नेतालाई जनताले सोध्छन् ‘प्रसाई खोई र किन छुटे’

उपत्यकावासीको घरदैलो कार्यक्रममा पुगेका राजावादी नेतालाई जनताले सोध्छन् ‘प्रसाई खोई र किन छुटे’
  • १३ जेष्ठ २०८२, सोमबार १८:१४

काठमाडौं– राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते सुरु हुने जनआन्दोलनको निम्तो दिन घरदैलो कार्यक्रम सुरु गरेको छ । तीन देखि दुई राप्रपा र राजावादीका केही नेताहरु घरदैलो कार्यक्रममा छन् ।

mulpatra

आन्दोलनमा काठमाडौंवासीको सक्रिय सहभागिताको लागि आग्रह गर्दै जमलबाट घरदैलो कार्यक्रम सुरु गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । उनका अनुसार जेठ १५ गतेको आन्दोलनमा जनताले ठुलो सहभागिता हुन्छ ।

नेकपा एमालेको हिजोको सचिवालय बैठकले गणतन्त्र दिवसलाई देशभर उत्सवका रूपमा मनाउने निर्णय गरेको थियो ।

mulpatra mulpatra mulpatra

जेठ १५ गते राजावादीको आन्दोलनलाई समेत ध्यान दिएर एमालेले ‘काउन्टर’ प्रदर्शनको तयारी थालेको हो । जसका कारण जेठ १५ गते नेपालमा ठुलै भिड्न्त हुने सम्भावना समेत राजनीतिक बृत्तमा अनुमान समेत गर्न थालिएको छ ।

राजावादीहरू कुनै उद्देश्यको लागि नलडेका उनले प्रधानमन्त्री केपी ओली बताउँदै आएका छन् । केबल साना स्वार्थका लागि उनीहरू लडिरहेका ओलीले स्पष्ट पारे । ‘सरकार र जनता अलिकति मौन बसेकाले अनावश्यक फुर्तिफार्ति देखाएका छन्, एमाले मैदानमा उत्रिए पछि यिनीहरू कता कता जान्छन्’, उनले भने ।
ओलीले राजावादीको नाममा आतङ्क मच्चाउनेलाई कुनै स्थान नदिइने स्पष्ट पारे । तथाकथित राजावादीहरू, यी राजावादी साजावादी केही पनि होइनन्, यी खाओवादी भएको उनको आरोप थियो ।

हाम्रो राजा, हाम्रो देश प्राण भन्दा प्यारो छ भनेर नारा लगाउनेहरू नारायणहिटीमा वीरेन्द्र मारिँदा किन बाँचिरहेका भन्दै उनले प्रश्न गरे । ‘प्राणभन्दा प्यारो छ भने वीरेन्द्रलाई त्यत्रो हत्या गर्दा यिनीहरू कहाँ गएका थिए, किन मरेनन् त ?’, उनले प्रश्न गरे ।

Image Source: © https://mulpatra.com

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई अहिले प्रहरी हिरासतमा छन् ।

उपत्यकामा राजावादी आन्दोलनका लागि सहयोग माग्दै पुगेका राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका नेताहरुलाई जनताले दुर्गा प्रसाई खोई र उनी कहिले छुट्छन् भनेर जनताले प्रश्न गरेको राप्रपाका एक नेताले जानकारी दिए । उनीबिना राजावादी आन्दोलनमा जनताको सहभागिता नहुने प्रतिक्रिया समेत आउने गरेको ती नेताको दाबी छ । ‘राजावादी आन्दोलनमा प्रसाईको चासो र खोजी भइरहेको छ । अहिले राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले महशुज गरेको छ ।’ उनले भने ।

प्रसाईकै कारण राजावादी आन्दोलन यो अवस्थामा आयो । तर समितिका नेताले उहाँलाई वाइपास गर्नु गलत भएको उनको भनाइ छ ।

प्रसाईसँगै ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा पोखरेलका अनुसार राज्यविरुद्धको कसुरसमेतमा धवलशमशेर राणा र रवीन्द्र मिश्रंसहित ५० जनालाई प्रतिवादी बनाइएको छ । हाल राणा मिश्र जमानी हाजिरीेमा छन् ।