Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

रास्वपाले सुमनाको राजीनामा स्वीकृत, अनिलले पनि पद छाडे

रास्वपाले सुमनाको राजीनामा स्वीकृत, अनिलले पनि पद छाडे
  • १३ जेष्ठ २०८२, सोमबार १०:५८

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा झण्डै दुई महिनापछि स्वीकृत भएको छ । हिजो बसेको केन्द्रीय समिति बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय लिएको हो ।

mulpatra

सुमनाले विभिन्न विषयमा असन्तुष्टि दर्शाउँदै गत चैत १८ गते सभापति रवि लामिछानेसमक्ष राजीनामा बुझाएकी थिइन् । आफू पार्टीभन्दा संसदको जिम्मेवारीमा केन्द्रित हुन चाहेको उनको भनाइ छ । उनको राजीनामालाई अहिलेसम्म होल्डमा राखिएको थियो ।

हिजैको बैठकले पार्टीको प्रशिक्षक विभाग प्रमुखबाट अनिलकेशरी शाहले दिएको राजीनामा पनि स्वीकृत गरेको छ । शाहले २८ वैशाखमा दिएको राजीनामा हिजो स्वीकृत भएको हो । बैठकमा उनले आफूले राजीनामा दिनुको कारण प्रष्ट्याएका थिए । प्रशिक्षक विभागको प्रमुख पद आफूलाई ‘सुट’ नगरेको भन्दै उनले अर्को विभागको जिम्मेवारी दिए स्वीकार्ने मनसाय व्यक्त गरेको एक केन्द्रीय सदस्यले बताए ।

mulpatra mulpatra mulpatra

अब श्रेष्ठ र शाह दुवै पार्टीको केन्द्रीय सदस्यको हैसियतमा रहनेछन् । सुमना प्रतिनिधिसभा सदस्यको जिम्मेवारी पनि छिन् । उनले हिजोको बैठकमा सभापति रवि लामिछानेमाथि भइरहेको ज्यादतीपूर्ण कारवाहीको पार्टीले एक ढिक्का भएर प्रतिरोध गर्नुपर्नेमा जोड दिएको स्रोतले बतायो ।