Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

भिजिट भिसा प्रकरण– तीर्थ भट्टराईसँग बयान लिनै बाँकी, पैसा पार्किङस्थल खोज्दै अख्तियार

भिजिट भिसा प्रकरण– तीर्थ भट्टराईसँग बयान लिनै बाँकी, पैसा पार्किङस्थल खोज्दै अख्तियार
  • १३ जेष्ठ २०८२, सोमबार ११:०१

काठमाडौं– त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं गृहमन्त्रालयका सहसचिव तीर्थ भट्टराईको अहिलेसम्म औपचारिक बयान नलिएको खुलेको छ ।

mulpatra

अख्तियारका अधिकारीका अनुसार भिजिट भिसा प्रकरणमा अध्यागमनमा छापा मार्ने क्रममा उनलाई केहीबेर नियन्त्रणमा लिएर छाडिएको थियो । तर, बयान लिएको र भट्टराईले विभिन्न व्यक्ति मुछेको भन्दै बाहिर आइरहेका कुरा गलत भएको ती अधिकारीले बताए ।

अख्तियार स्रोतले भन्यो, ‘भिजिट भिसामा दैनिक लाखौं रकम असुल भइरहेको पटक–पटकको सूचनाअनुसार त्यस दिन छापा मारिएको हो । छापा मारुञ्जेल सम्बन्धित अधिकारीलाई नियन्त्रणमा लिनु सामान्य प्रक्रिया हुन्छ । तर, बयान लिएको भनेर आइरहेका प्रचारबाजी सबै गलत हुन् । अध्यागमन निर्देशक तीर्थ भट्टराईको भूमिका शंकास्पद देखिएकैले उनलाई नियन्त्रणमा लिएर हाजिरीमा छाडिएको हो । उनीसँग यो प्रकरणमा प्राप्त तथ्य र प्रमाणका आधारमा बयान हुन्छ तर अहिले फरेन्सिक रिपोर्ट समेत नआइसकेको र अनुसन्धानको प्रक्रिया अन्य ढंगले पनि चलिरहेकाले थप बयान भएको छैन । बाहिर आएका कुरा अनुमान र हल्लामात्र हुन् । यसको अख्तियारले वक्तव्य निकालेर खण्डन गर्ने भन्दा पनि सत्य तथ्य अनुसन्धानपछि बाहिर ल्याउने हो । दोषी देखिए उनीसहित संलग्नमाथि मुद्दा चल्छ । ‘

mulpatra mulpatra mulpatra

जेठ ७ गते अख्तियारको टोलीले विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेर भट्टराईको मोबाइल र केही डिभाइस बरामद गरी आवश्यक जाँचका लागि फरेन्सिक ल्याबमा पठाएको छ । घटनास्थलको मुचुल्का तयार बाहेक अहिले केही प्रक्रिया अघि नबढेको स्रोतको भनाइ छ ।

‘फरेन्सिक रिपोर्टपछि मात्र थप अनुसन्धान अघि बढ्छ । अहिले आएका कुरा सबै मनगढन्ते हुन्’, अख्तियार स्रोत भन्छ ।

विगतमा भिजिट भिसालगायत विभिन्न प्रकरणमा मुछिएकाहरू गृहमन्त्री रमेश लेखकको सचिवालयमा रहेकाले उनलाई तानेर बाहिरी दबाब सिर्जना भइरहेको केहीको भनाइ छ ।

Image Source: © https://mulpatra.com

तीर्थ भट्टराईलाई अध्यागमन पठाउने सन्दर्भबाहेक गृहमन्त्रीको भूमिका भिजिट भिसा प्रकरणमा अरु नदेखिएको भनाइ छ । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै कर्मचारी पक्राउ पर्दा वा अनुसन्धानमा तानिदा मन्त्री दोषी नहुने भनेर गृहमन्त्रीको बचाउ गरेको बताइएको छ ।

यसैबीच गृहमन्त्रीको निजी सचिवालयमा रहेका दागी कर्मचारी विमल पौडेलको मन्त्रालय अन्तर्गत विपद व्यवस्थापन विभागमा सरुवा गरिएको छ । विगतमा भिजिट भिसा प्रकरणमा पक्राउ परी मुद्दा चलेका पौडेललाई सचिवालयमा राखेका कारण मन्त्री विवादमा परेका थिए । सचिवालयमा कस्ता कर्मचारी आए भन्ने चासो नदिनु गृहमन्त्रीको कमजोरी भएको कांग्रेस नेताहरुले बताएका छन् ।

एक व्यक्तिले लगातार आयुक्त र अख्तियारका अधिकारीहरूलाई प्राइभेट नम्बरबाट अध्यागमनको सेटिङबारे फोन गर्ने गरेको र कतिपय प्राविधिक सूचनासमेत दिएकाले छापा मारेको बताइएको छ । तर, छापा मार्ने अघिल्लै दिन त्यहाँका प्रमुख भट्टराईको सरुवा गरिएको थियो ।

प्राप्त जानकारीअनुसार भिजिट भिसाको सेटिङबाट उठेको रकम भक्तपुरका एक घरजग्गा व्यवसायीको नाममा ‘पार्किङ’ भइरहेको आशंकामा छानबिन भइरहेको छ ।

अख्तियार स्रोतका अनुसार अहिले भिजिट भिसा प्रकरणको समग्र जालोसम्म पुग्ने र पैसा पार्किङ हुने ठाउँको कनेक्सन खोजी भइरहेको छ । यो प्रकरणमा कतिपय मेनपावर,ट्राभल एजेन्सी र व्यवसायी संलग्न देखिएका छन् ।

यो जालो वर्षौदेखि रहेको र यसअघि अपराध महाशाखाले छानबिन गर्दा तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धान अधिकृत गोविन्द पन्थीको सरुवा गरेको उनी आफैंले फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।