Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

कांग्रेस नेता शशांकले ३ गाडी, सुनको रोलेक्स घडी र २ झोला पैसा घुसवापत खाए

कांग्रेस नेता शशांकले ३ गाडी, सुनको रोलेक्स घडी र २ झोला पैसा घुसवापत खाए
  • १४ जेष्ठ २०८२, मंगलवार ११:००

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्र बजगाइँले पूर्वमहामन्त्री डा. शशांक कोइरालाले ३ वटा गाडी, सुनको रोलेक्स घडी र २ झोला पैसा घुस वापत लिएको आरोप लगाएका छन् ।

mulpatra

राजनीतिक नियुक्तिका लागि कोइरालाले यसरी घुस लिएको आरोप बजगाईंले सार्वजनिकरुपमा लगाएका हुन् । जसबारे कोइरालामाथि स्पष्टीकरण सोधिनुपर्ने माग बजगाईंको छ । ‘म चाहँदैनथेँ कि मलाई किया र दुईवटा महिन्द्राजस्ता एसयूभी उपहारहरू, रोलेक्स घडी, नगदले भरिएका डफेल झोलाहरू, तथाकथित घरको जीर्णोद्धारु वा राजनीतिक पदहरूको सौदाबाजीबारे प्रश्न उठाउनुपरोस् । तर याद राख्नुहोस्, स्पष्टीकरण तपाईंलाई सोधिनै पर्नेछ’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

गृहमन्त्री रमेश लेखक विवादमा मुछिएपछि बजगाईंसहित केही नेताहरुले छानबिनका लागि मार्ग प्रशस्त गर्न माग गरेका थिए । तर, उक्त मागलाई लिएर पार्टी बैठकमा बजगाईंसहित राजीनामाको माग गर्ने नेतामाथि स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव डा. कोइरालाले राखेका थिए ।

mulpatra mulpatra mulpatra

कोइरालाको यस्तो प्रस्ताव बाहिरिएपछि आक्रोशित बनेका बजगाईंले यस्तो कुरा खुलासा गरेका हुन् । बजगाईंको खुलासासँगै पार्टीभित्रको विवाद थप किचलोलिएको छ ।