Close

Recent Posts

बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद् बैठक

बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद् बैठक
  • १६ जेष्ठ २०८२, बिहीबार १०:३६

काठमाडौं– आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्नुअघि आज (जेठ १५) दिउँसो मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

आजै दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यक्रम छ । त्यसको एक घण्टाअघि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। मन्त्रिपरिषद् बैठकले सम्भवतः बजेट पास गर्नेछ ।