यी हुन सडक विभागले पहिरो जोखिम देखेको विभिन्न राजमार्गका १४० स्थान, प्राविधिकलाई राख्यो तयारी
काठमाडौं । बर्षा सुरु भएपछि सडक विभागले सम्भावित पहिरो र जोखिम क्षेत्रहरुको पहिचान गर्दै जोखिम कम गर्न र पहिरो गए चाहिने आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखेको जनाएको छ । विभागले यस वर्षको मनसुनमा देशका विभिन्न १४० स्थानमा पहिरो गई राजमार्गरसडक अवरुद्ध हुनसक्ने सम्भावित स्थानहरुको पहिचान गरि आवश्यक तयारी गरेको हो।

यस वर्षको मनसुन मंगलबारदेखि देशभर सक्रिय भएको जल तथा मौसम विभागले जनाएको छ। सोही अनुसार सम्भावित पहिरोबाट लामो समयसम्म राजमार्ग, सडक अवरुद्ध हुन नदिन विभागले चाँडोभन्दा चाँडो पन्छाएर आवातजावत खुलाउने कार्ययोजना बनाएको छ।
विभागले सम्भावित पहिरोस्थलमा लोडर, ब्याक हो, एस्काभेटर, टिपर, ट्रकसहित पठाइएको छ। प्रत्येक सम्भावित क्षेत्रमा ४ देखि ५ जनाका दरले इन्जिनियर, सहयोगी र सडक मजदुर खटाइएको छ। त्यस्तै पहिरो गएर सडक अवरुद्ध भएमा जतिसक्दो चाँडो खुलाउने गरि प्राविधिक कर्मचारीलाई निर्देशन दिइसकेको विभागले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
सम्भावित पहिरोस्थल
सडक विभागले पहिचान गरेका सम्भावित पहिरोस्थलमा नाग्म–भुलभुले–गमगढी, गाल्जे–कालिकोट, पिली–कालीकोट, हुम्ला–कालीकोट, दहीखोला–मान्म–पिली, खुलालु–सल्लीसल्ला, हिल्सा–सिमकोट, मध्यपहाडी दैलेख खण्ड, तल्लो डुंगेश्वर–दहीखोला, तल्लो डुंगेश्वर–दैलेख–सुर्खेत, सुर्खेत–दैलेख, हरे–छिन्चु–छेडा, खौला–सल्ले, छेडा–मटेला–जाजरकोट, जाजरकोट–डोल्पा, छालगाड–छालगाड, कोहलपुर–हरे–चिसापानी, भालुवाङ–चकचके–लिबाङ, भालुवाङ–चकचके–लिबाङ, मध्यपहाडी रुकुम खण्ड, राप्ती राजमार्ग, सहिदमार्ग, पूर्व–पश्चिम राजमार्ग खण्ड, बुढितोला–भासु छन्।
यसैगरी, सहजपुर–फल्तुडे, भावर पहिरो, सडक डिभिजन कुलपाते डोटी भातकाँडा–गैरा–अनारखोली, कुलपाते डोटी भातकाँडा–रडुवा खोला, कुलपाते डोटी रडुवा–कुलपाते–चौखुट्टे, डोटी कुलपाते कार्यालय, सडक डिभिजन साँफेबगर अछाम बल्दे–बाजुरा, सडक डिभिजन साँफेबगर अछाम मंगलसेन–चौ, सडक डिभिजन साँफेबगर अछाम साँफे–बाजुरा, साँफेबगर अछाम, सडक डिभिजन बैतडी गोकुले–दार्चुला, पाटन बैतडी पाटन–गोकुले–बैतडी, पाटन बैतडी पाटन–खोड्पे–चन्दननाथ, पाटन बैतडी पाटन–खोड्पे, पाटन बैतडी बागथला–बझाङ, महाकाली पुल कञ्चनपुरलाई सम्भावित पहिरोस्थलका रुपमा पहिचान गरिएको छ।
Image Source: © https://mulpatra.com
त्यस्तै सेती राजमार्गको कैलाली–बौनिया–चोसेडाँडा, सिद्धार्थ राजमार्गको हिउँदेखोला–बर्तुङ, पीपलडाँडा–राम्दी, वालिङ–क्याक्मी खण्ड, पुतलीबजार–वालिङ खण्ड र कुभिन्डे–पुतलीबजार खण्ड, नौडाँडा–नयाँपुल–कुश्मा, मालढुंगा–बागलुङ, बागलुङ–बेनी खण्ड, गुइठेभिर, सिरुबारी, तातोपानी, डुम्रे–लमजुङ–बेंसीसहर, बेंसीसहर–मनाङ, आँबुखैरेनी–गोरखा–घ्याम्पेसाल, आँबुखैरेनी–मुग्लिन, पालुङ्टार, ढोढेनी–११ किलो–बारपाक, बेंसीसहर–चामे, रामपुर बजार, गोरुसिंगे–सन्धिखर्क सडक, पूर्वपश्चिम राजमार्गको धानखोला, तानसेन–तम्घास सडक, बर्तुङ–अर्गली–रिडी सडक, बुटवल–दाउन्ने सडक, सालझण्डी–नियाली–जुठापौवा सडक, सन्धिखर्क–तम्घास सडक, गंगरे–देवीस्थान मध्यपहाडी राजमार्ग, लुभु–सित्खा खण्ड, किर्नेटार–रामेछाप खण्ड, दोरमा खण्ड, चन्द्रनिगाहपुर सडक, बिपी राजमार्गको भीमान, नेपालथोक, खुर्कोट–रामेछाप खण्ड, खाल्डा, जयराम घाट–हलेसी, चखेवा, घुर्मी–जयराम घाट–हलेसी, खुर्कोट–घुर्मी, मुग्लिन–गाईघाट, नारायणगढ–मुग्लिन, गाईघाट–नारायणगढलाई पनि पहिरोस्थलका रुपमा पहिचान गरिएको छ।
यसैगरी, नारायणगढ–लोथर÷भरतपुर–माडी, कालीगण्डकी करिडोर, नारायणगढ–मुग्लिन, दामेचौर–लामेडाँडा सामरी, लामेडाँडा–हेटौंडा(लोथर, हेटौंडा(चुरिया–हेटौंडा, खोर भन्ज्याङ–महादेवटार, जितपुर–खोर भन्ज्याङ, क्याम्प डाँडा–जितपुर भन्ज्याङलाई पनि सम्भावित पहिरोस्थलमा रेखाकंन गरिएको छ।
त्यसैगरी सीतापाइला–धार्के सडक, साँखु–भकुण्डेचौर, बल्खु–दक्षिणकाली सडक, नौबिसे–गजुरी–धादिङ, धुन्चे–स्याफ्रुबेंसी, ग्राङ–मूलखर्क रसुवा, मैलुङ–स्याफ्रुबेंसी, चतरा–बराहक्षेत्र, धरान–भेडेटार सडक, भेडेटार–मूलघाट, तेह्रथुम, साल्मे–तिङ्ला–सल्लेरी सडक, हिलेपानी–हलेसी, लेगुवाघाट–भोजपुर सडक, कोसी राजमार्ग– संखुवासभा, मेची राजमार्ग (इलाम–फिक्कल–पशुपतिनगर), दमक–चिसापानी सडक, खाँदबारी–नुम सडक, रिसालभिर–ताप्लेजुङ, पौवाभञ्ज्याङ (मेची राजमार्ग), काबेली (मेची राजमार्ग), इलाम–फिदिम–बसन्तपुर खण्ड, लहान–कदमाहा–गाईघाट सडक, साउने (गाईघाट–दिक्तेल सडक), फोक्सिङटार (गाईघाट–दिक्तेल सडक), बेतिनी (मिर्चैया–कटारी–घुर्मी सडक) लाई पनि विभागले सम्भावित पहिरोस्थलका रुपमा पहिचान गरेको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



