Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

राजावादी आन्दोलन उत्कर्ष पुराएका प्रसाईको अभाव खडकियो, अपेक्षाकृत देखिएन सहभागि

राजावादी आन्दोलन उत्कर्ष पुराएका प्रसाईको अभाव खडकियो, अपेक्षाकृत देखिएन सहभागि
  • १६ जेष्ठ २०८२, बिहीबार १७:३९

काठमाडौं– राजतन्त्र फर्काउने भन्दै राप्रपासहित विभिन्न समूहले काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा राप्रपासहितका विभिन्न समूह सहभागी भएका छन् । तर आजको प्रदर्शनमा अपेक्षाअनुुसारको सहभागिता नभएको राप्रपाकै नेताहरुले बताएका थिए ।

mulpatra

संयुक्त जनआन्दोलन परिचालन समितिको नेतृत्वमा भएको आन्दोलनमा सात ठाउँबाट ¥याली निकालिएको छ । त्यसमध्ये तीन ठाउँको नेतृत्व भने राप्रपाका नेताहरूले गरेका थिए ।

आन्दोलनको संयोजन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मैतिदेवीबाट निस्किएको जुलुसको नेतृत्व गर्दै शान्तिबाटिकामा पुगेका छन् । नवराज सुवेदी, कमल थापालगायतका नेताहरू पनि फरक–फरक ठाउँबाट शान्तिबाटिकामा पुगिसकेका छन् ।

mulpatra mulpatra mulpatra

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मैतीदेवीबाट आन्दोलनको नेतृत्व गरेका थिए । पशुपति शमशेरले सिफलबाट र डा. प्रकाशचन्द्र लोहनीले सोह्रखुट्टेबाट आन्दोलनको नेतृत्व गरेका थिए ।

यस्तै आजको राजावादीको प्रदर्शनमा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको धेरै अभाव भएको आन्दोलनमा सहभागिहरुले नै बताएका छन् । प्रसाई यो आन्दोलनमा भएको भए आज अर्को माहोल हुन्थ्यो । एक सहभागिले भने। प्रसाई राजावादी आन्दोलनको मियो हो । राप्रपाले उनलाई वाइपास गरेर ठुलै गल्ती गरेको ती सहभागिको आरोप छ ।

गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा हिंसात्मक बन्दा त्यसो दोष नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईमाथि मात्र देखाइयो । उनको नेतृत्वको भिड अनियन्त्रित बन्न पुगेका फुटेज पनि सार्वजनिक गदै दोषी बनाइयो ।

Image Source: © https://mulpatra.com

तर प्रसाईले सरकार र प्रहरीले भनेजस्तो आसपासका घर तथा राजनीतिक पार्टीका कार्यालयहरूमा आगजनी र पसलहरूमा लुटपाटका लागि कसैलाई प्रयोग गरेको देखिएन ।

प्रसाईबिना राजावादी आन्दोलनमा अपुरो हुने देखियो र धेरै मान्छे नआउने आशंका समिति र राप्रपाका नेताहरुले गरिरहेको उनले बताए । ‘प्रसाईका कारण राजावादी आन्दोलन अहिलेको अवस्थामा आयो । तर यस आन्दोलनमा मान्छे नआउने आशंका समेत गर्न थालिएको छ ।’ उनले भने ।

यसको मुख्य कारण भनेको नागारिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई प्रहरी हिरासतमा हुने हो । यसअघि चैत १५ मा भएको आन्दोलनमा रवीन्द्र मिश्र, धवलशमशेर राणा र विक्रम पाण्डेसहितका केही नेता मात्र सहभागी भएकोमा बिहीबार (जेठ १५)मा भएको आन्दोलनमा भने राप्रपा सिंगै सहभागी भएको छ । अहिले राणा र मिश्र प्रहरीको फरार सूचीमा छन् ।