राजावादी आन्दोलन उत्कर्ष पुराएका प्रसाईको अभाव खडकियो, अपेक्षाकृत देखिएन सहभागि

काठमाडौं– राजतन्त्र फर्काउने भन्दै राप्रपासहित विभिन्न समूहले काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा राप्रपासहितका विभिन्न समूह सहभागी भएका छन् । तर आजको प्रदर्शनमा अपेक्षाअनुुसारको सहभागिता नभएको राप्रपाकै नेताहरुले बताएका थिए ।
संयुक्त जनआन्दोलन परिचालन समितिको नेतृत्वमा भएको आन्दोलनमा सात ठाउँबाट ¥याली निकालिएको छ । त्यसमध्ये तीन ठाउँको नेतृत्व भने राप्रपाका नेताहरूले गरेका थिए ।
आन्दोलनको संयोजन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मैतिदेवीबाट निस्किएको जुलुसको नेतृत्व गर्दै शान्तिबाटिकामा पुगेका छन् । नवराज सुवेदी, कमल थापालगायतका नेताहरू पनि फरक–फरक ठाउँबाट शान्तिबाटिकामा पुगिसकेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मैतीदेवीबाट आन्दोलनको नेतृत्व गरेका थिए । पशुपति शमशेरले सिफलबाट र डा. प्रकाशचन्द्र लोहनीले सोह्रखुट्टेबाट आन्दोलनको नेतृत्व गरेका थिए ।
यस्तै आजको राजावादीको प्रदर्शनमा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको धेरै अभाव भएको आन्दोलनमा सहभागिहरुले नै बताएका छन् । प्रसाई यो आन्दोलनमा भएको भए आज अर्को माहोल हुन्थ्यो । एक सहभागिले भने। प्रसाई राजावादी आन्दोलनको मियो हो । राप्रपाले उनलाई वाइपास गरेर ठुलै गल्ती गरेको ती सहभागिको आरोप छ ।
गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा हिंसात्मक बन्दा त्यसो दोष नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईमाथि मात्र देखाइयो । उनको नेतृत्वको भिड अनियन्त्रित बन्न पुगेका फुटेज पनि सार्वजनिक गदै दोषी बनाइयो ।
तर प्रसाईले सरकार र प्रहरीले भनेजस्तो आसपासका घर तथा राजनीतिक पार्टीका कार्यालयहरूमा आगजनी र पसलहरूमा लुटपाटका लागि कसैलाई प्रयोग गरेको देखिएन ।
प्रसाईबिना राजावादी आन्दोलनमा अपुरो हुने देखियो र धेरै मान्छे नआउने आशंका समिति र राप्रपाका नेताहरुले गरिरहेको उनले बताए । ‘प्रसाईका कारण राजावादी आन्दोलन अहिलेको अवस्थामा आयो । तर यस आन्दोलनमा मान्छे नआउने आशंका समेत गर्न थालिएको छ ।’ उनले भने ।
यसको मुख्य कारण भनेको नागारिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई प्रहरी हिरासतमा हुने हो । यसअघि चैत १५ मा भएको आन्दोलनमा रवीन्द्र मिश्र, धवलशमशेर राणा र विक्रम पाण्डेसहितका केही नेता मात्र सहभागी भएकोमा बिहीबार (जेठ १५)मा भएको आन्दोलनमा भने राप्रपा सिंगै सहभागी भएको छ । अहिले राणा र मिश्र प्रहरीको फरार सूचीमा छन् ।