कास्टिङ मात्र देखाइरहेको र राजतन्त्र फकाएर फिल्म देखाउने लिङ्देनको चेतवानी

कास्टिङ मात्र देखाइरहेको र राजतन्त्र फकाएर फिल्म देखाउने लिङ्देनको चेतवानी
  • १६ जेष्ठ २०८२, बिहीबार १७:०४

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको आन्दोलन कास्टिङ मात्र भएको बताएका छन् ।

राजावादीहरुले आजबाट आन्दोलन थालेका छन् । र, पहिलो दिनको प्रदर्शनलाई लिङदेनले कास्टिङ मात्र भएको बताएका हुन् । ‘आन्दोलनको यो कास्टिङ मात्र हो, गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहन्छ’, उनले भनेका छन् ।

राजसंस्था पुनस्र्थापना लगायतका माग राख्दै राजावादीले आज काठमाडौंमा आन्दोलन गरिरहेका छन् । आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटीमण्डप पुगेको थियो ।