गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने माओवादीको निर्णय
काठमाडौं– नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ ।

खुमलटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको सचिव लीलामणि पोखरेलले जानकारी दिए । उनका अनुसार अब अन्य दलको पनि साथ लिएर गृहमन्त्रीको राजीनामा नआएसम्म सदनमा सशक्त भूमिका खेल्नुपर्छ भन्ने निष्कर्षमा पुगेको हो ।
हिजो संवैधानिक बाध्यताअनुसार बजेट पेश गर्नको लागि अवरोध नगरेको भएपनि अब चल्न नदिने उनले बताए । तर, एमाले(कांग्रेसका शीर्ष नेताले गृहमन्त्रीको राजीनामा असम्भव रहेको बताउँदै आएका छन् ।
![]() |
![]() |
![]() |
|---|



