Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रसाईको रिहाइको माग गदै माइतीघरमा समर्थककाे धर्ना

प्रसाईको रिहाइको माग गदै माइतीघरमा समर्थककाे धर्ना
  • १७ जेष्ठ २०८२, शुक्रबार १२:३७

काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित राजधानीको माइतीघरमा समर्थकले धर्ना दिएका छन् । उनीहरुले एक सातायता दैनिक प्रसाईको रिहाइको माग गदैं धर्ना दिइरहेका छन् ।

mulpatra

राष्ट्रिय झण्डासहित भेला भएका समर्थकले माइतीघर सडकमा धर्ना दिएका हुन् । सो क्रममा उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरे । चैत १५ गते भएको राजावादी प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रसाईं हाल थुनामा छन् ।

गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा हिंसात्मक बन्दा त्यसो दोष नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईमाथि मात्र देखाइयो । उनको नेतृत्वको भिड अनियन्त्रित बन्न पुगेका फुटेज पनि सार्वजनिक गदै दोषी बनाइयो ।

mulpatra mulpatra mulpatra

तर प्रसाईले सरकार र प्रहरीले भनेजस्तो आसपासका घर तथा राजनीतिक पार्टीका कार्यालयहरूमा आगजनी र पसलहरूमा लुटपाटका लागि कसैलाई प्रयोग गरेको देखिएन ।

हाल उनलाई फसाउन विभिन्न खालका राजनीतिक दबाब र खेल भइरहेको छ । प्रसाईलाई फसाउन एमाले अध्यक्ष केपी ओली र केही व्यवसाययी लागेको उनीनिकट नेताहरुले बताउँदै आएका छन ।