Close

Recent Posts

ट्रायलविनै लाइसेन्स दिने यातायातका ३ कर्मचारी र लाइसेन्सधारीविरुद्ध मुद्दा

ट्रायलविनै लाइसेन्स दिने यातायातका ३ कर्मचारी र लाइसेन्सधारीविरुद्ध मुद्दा
  • १७ जेष्ठ २०८२, शुक्रबार १४:३३

काठमाडौ– ट्रायल नगराई सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिएको प्रकरणमा यातायातका ३ जना कम्प्युटर अपरेटर र लाइसेन्सधारीविरुद्ध मुद्दा दर्ता भएको छ ।

mulpatra

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीका कम्प्युटर अपरेटरले रकम लेनदेन गरेर ट्रायल परीक्षामा सहभागी नै नभएका सभ्यता केसीलाई कार, जीप तथा डेलिभरी भ्यानको लाइसेन्स दिएको फेला परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको हो ।

आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय दाङ, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर तथा लाइसेन्सधारी केसीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

mulpatra mulpatra mulpatra

उनीहरूले आपसी मिलोमतो गराई सवारी चालक अनुमतिपत्रको गलत लिखत तयार गरेको अख्तियारले जनाएको छ ।