Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रसाई हिरासतमा हुँदा एक्सनमा नउत्रिएका प्रधानमन्त्री, राप्रपाकै लागि मास बटुल्दै थापा र लिङ्देन

प्रसाई हिरासतमा हुँदा एक्सनमा नउत्रिएका प्रधानमन्त्री, राप्रपाकै लागि मास बटुल्दै थापा र लिङ्देन
  • १७ जेष्ठ २०८२, शुक्रबार १६:१०

काठमाडौं– राजसंस्था पुनस्र्थापना गर्न भन्दै बिहीबार (जेठ १५) देखि अनिश्चितकालिन आन्दोलन सुरु गरिएको छ । बिहीबार काठमाडौँको शान्तिबाटिकामा आन्दोलन गरेको राजावादीहरूले शुक्रबार माइतीघरमण्डलामा आन्दोलन गरेका छन् ।

mulpatra

अहिले यस आन्दोलनको विषयमा राजनीतिक रुपमा चर्चा समेत बढेको छ । भने, एक जना पात्रको खोजी समेत भइरहेको छ । उनी नागरिक बचाउ महाअभियानका संयोगक दुर्गा प्रसाई । हिजो मात्र संयुक्त जनआन्दोलन परिचालन समितिको नेतृत्वमा भएको आन्दोलनमा सात ठाउँबाट ¥याली निकालिएको छ । त्यसमध्ये तीन ठाउँको नेतृत्व भने राप्रपाका नेताहरूले गरेका थिए ।

आन्दोलनको संयोजन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संम्बोधन गरेका थिए । तर उनीहरुले राजासंस्था भन्दा बढी राप्रपाका लागि माहोल बनाउन लागि परेको भाषण गरे । राजतन्त्र र गणतन्त्रको बारेमा हिजो एक प्रकारले जनमत संग्रहजस्तै भयो । यसको थालिन दुर्गा प्रसाईले नै गरेका थिए । तर उनको यस्ता एजेण्डामा राप्रपा र केही राजावादी नै खेले ।

mulpatra mulpatra mulpatra

प्रधानमन्त्रीले नै आह्वान गर्नुभएको गणतन्त्र पक्षको प्रदर्शनमा कुन प्रकारको उपस्थिति थियो र गणतन्त्रको विपक्षमा कुन प्रकारको उपस्थित थियो भन्ने देखियो । म प्रधानमन्त्री र दलका नेताहरुलाई कब्जा गर्छु,नियन्त्रण गर्छु,निस्तेज पार्छु भन्ने जस्ता शब्द प्रयोग गर्नुको साटो वार्ता र सहमति खोज्न आग्रह अध्यक्ष लिङ्देनले गरे ।

प्रधानमन्त्री केपी ओली हिजो र आज भएको राजावादीको आन्दोलनमा एक्सनमा नउत्रिनुको मुख्य कारण भनेको दुर्गा प्रसाई हिरासतमा हुनु नै भएको राप्रपाकै नेताहरु बताउँछन् । किन कि प्रसाईसँग जति शक्ति राप्रपाका नेता लिङदेन र त थापासँग नभएको ओलीको बुझाइ छ । ओलीले गृहमन्त्री लखेक र उच्च प्रहरी अधिकृतसँग प्रसाईसँग जति शक्ति थापा र लिङ्देनसँग शक्ति नभएको भन्दै उनीहरुको आन्दोलनलाई सामान्य रुपमा लिन निर्देशन दिएको प्रहरीकै भनाइ छ ।

अध्यक्ष लिङ्देनले राजासहितको नवीन समझदारीमा आउन सरकार र दलहरुलाई आग्रह गर्दै आन्दोलन त्यतिन्जेल जारी रहने बताए । तर ओलीले यसलाई सामान्य रुपमा लिएका छन् । राजावादी आन्दोलनमा सहभागि सबै संघसंस्थासँग शक्ति भएको उनको दाबी छ । अहिले यो यस्तो–उस्तो भन्नुभन्दा आफनो लक्ष्य केन्द्रीत भएर काम गर्नुपर्ने र आन्दोलन गर्ने समय भएको उनले मूलपत्रसँग बनाए ।

Image Source: © https://mulpatra.com

उस्तै राप्रपाका अर्का अध्यक्ष थापाले राजावादी आन्दोलनलाई अघि बढाउन दुर्गा प्रसाई जीको ठुलै सहयोग भएको र उनको भुमिकामा राप्रपाको आशंका नभएको बताए । प्रसाईलाई छुटाउन राप्रपाले पहल र आवाज उठाइरहेको जानकारी दिए । उता राजेन्द्र लिङ्देन भने प्रसाईका बारेमा एक शब्द बोलेका छैन ।

गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा हिंसात्मक बन्दा त्यसो दोष नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईमाथि मात्र देखाइयो । उनको नेतृत्वको भिड अनियन्त्रित बन्न पुगेका फुटेज पनि सार्वजनिक गदै दोषी बनाइयो ।

तर प्रसाईले सरकार र प्रहरीले भनेजस्तो आसपासका घर तथा राजनीतिक पार्टीका कार्यालयहरूमा आगजनी र पसलहरूमा लुटपाटका लागि कसैलाई प्रयोग गरेको देखिएन ।