Close

Recent Posts

एसएसपी अधिकारी काठमाडौं उपत्यका ट्राफिक कार्यालय प्रमुखमा नियुक्त

एसएसपी अधिकारी काठमाडौं उपत्यका ट्राफिक कार्यालय प्रमुखमा नियुक्त
  • १८ जेष्ठ २०८२, शनिबार १२:४३

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारी नियुक्त भएका छन्। गृह मन्त्रालयको निर्णयअनुसार उनलाई उपत्यका ट्राफिकको नेतृत्व गर्न सरुवा गरिएको हो।

mulpatra

एसएसपी अधिकारी एक दक्ष, अनुशासित र कार्यकुशल प्रहरी अधिकृतको रूपमा चिनिन्छन्। उनले विभिन्न स्थानमा रहेर लामो समयदेखि प्रहरी सेवामा उल्लेखनीय योगदान दिँदै आएका छन्। उनको नेतृत्वदक्षता, निर्णय क्षमताको प्रशंसा संगठनभित्र र बाहिर दुवैतर्फ गरिएको पाइन्छ।

यसअघि उक्त जिम्मेवारी सम्हालिरहेका डीआईजी विनोद घिमिरेको सरुवा भई अब प्रहरी प्रधान कार्यालय, नक्सालस्थित महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको छ।

mulpatra mulpatra mulpatra

ट्राफिक व्यवस्थापनको चुनौतीपूर्ण कार्यलाई एसएसपी अधिकारीले कसरी अगाडि बढाउँछन् भन्नेमा सबैको चासो रहेको छ। उपत्यकाको ट्राफिक व्यवस्थापन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।