Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

धवल र आमा कसम खाएर छुटेका मिश्र प्रहरी–अदालतसँग सम्पर्कबिहिन, प्रसाईलाई मात्र दोषी बनाउने चलखेल

धवल र आमा कसम खाएर छुटेका मिश्र प्रहरी–अदालतसँग सम्पर्कबिहिन, प्रसाईलाई मात्र दोषी बनाउने चलखेल
  • १८ जेष्ठ २०८२, शनिबार १५:२६

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र हिरासतमुक्त भएको दुई साता भइसकेको छ । गत जेठ २ गते सर्वोच्च अदालतले उनलाई हाजिरी जमानीमा छाड्न आदेश दिएपछि उनी हिरासतमुक्त भएपनि हालसम्म प्रहरी र अदालतको सम्पर्कमा छैन । हाल उनी प्रहरीको फरार सूचीमा छन् ।

mulpatra

उनले अदालतबाट हाजिरी जमानीमा छुट्दा जति बेला प्रहरी र अदालतले बोलाउँछ त्यही बेला सम्पर्कमा आउने भन्दै आमाको कसम खाएका समेत थिए । तर मिश्र अहिले अदालत र प्रहरीसँग सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

मिश्रजस्तै गत वैशाख ७ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका थिए । उनी क्यान्सर रोगी भएका कारण अदालतले उपचारका लागि छाडेको थियो । उनीको क्यान्सर सामान्य भएपनि धवल हाल प्रहरी र अदालतको सम्पर्कमा छैन । जसका कारण धवल पनि अहिले प्रहरीको फरार सूचीमै छन् ।

mulpatra mulpatra mulpatra

तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा मिश्र र जबरा त्यसैदिन पक्राउ परेका थिए । उक्त घटनामा मञ्चमा बसेर दुवै जना नेताले आन्दोलनमा सहभागिलाई उकासेका थिए ।

प्रहरीले चैत १५ गते भएको घटनामा कतिपयमाथि राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान र ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिएको छ । प्रहरीले संगठित अपराधको कसुरमा जोडेर अनुसन्धान गरेको थियो ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिका कमान्डर दुर्गा प्रसाईंलाई संगठित अपराधसहित पाँच वटा कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय थियो । तर उनी कुनै घटनामा नजोडिएका कारण यी मुद्दा प्रमाणित हुन मुश्किल भएको प्रहरीको भनाइ छ ।

Image Source: © https://mulpatra.com

यस्तै यस घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई जना नेता हाजिर जमानीमा छन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र राप्रपा महामन्त्री एवं सांसद धवलशमशेर राणालाई हाजिर जमानीमा राखिएको छ । मिश्र र धवलशमशेर राणालाई राजद्रोह र आपराधिक उपद्रवमा मुद्दा चलाउन राय दिएको हो । हाल उनीहरु छुटेपनि प्रहरी र अदालतको आदेशअनुसार चलेका छैन ।

प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकले समेत उनीहरुको हाजिरी जमानीका बारेमा वास्ता नगरेको प्रहरी स्रोतको भनाइ छ । राणा र मिश्रलाई प्रहरी र अदालतले पटक–पटक बोलाएपनि अटेर गरेर बसी रहेको प्रहरीकै भनाइ छ । उनीहरुजस्तै मुद्दामा लागेका नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले भने प्रहरी हिरासतमै छन् ।

मुद्दामा दुर्गा प्रसाईं, रवीन्द्र मिश्र, धवलशमशेर राणासहित ५० जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराध कसुरसहित पाँच मुद्दा लगाइएको छ । तर मिश्र र राणा प्रहरी र अदालतमा बयान लिन गएका छैन ।

प्रसाईभन्दा बढी दोषी धवल र मिश्र

गत चैत १५ मा काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीमाथि ढुंगा प्रहार गर्नेमा राप्रपाका नेताहरू र सन्तोष राजावादीको टीम रहेको नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले बयान दिएका छन् ।

प्रहरीसमक्ष प्रसाईंले दिएको बयानमा राजसंस्था पुनस्र्थापना गर्न भनी गरिएको प्रदर्शनमा प्रहरीमाथि ढुंगा प्रहार गरेका कारण बल प्रयोग गरिएको उल्लेख छ । सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दाको बयानमा प्रसाईंले कार्यक्रमस्थलभन्दा ३०० मिटर टाढा प्रहरीमाथि ढुंगा प्रहार भएको उल्लेख गरेका छन् ।

‘म आफू कार्यक्रम उद्घाटन गर्न आएको र कार्यक्रम सुरु गर्न नपाई जनआन्दोलन परिचालन संयोजकसमेत रहेका धवलशम्शेर राणा, सोही संगठनका सदस्यसचिव रवीन्द्र मिश्र र राप्रपाका कार्यकर्ता र सन्तोष राजावादीको टीमले समेतले कार्यक्रम स्थलभन्दा तीन सय मिटर जति टाढा रहेको प्रहरीसँग अन्दाजी ४५ मिनेट अगाडि नै म घरबाट निस्कनासाथ निजहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेको कारण प्रहरीले घरका छत तथा भुईंबाट अश्रुग्यास तथा गोली प्रहार गरी कार्यक्रम गर्न तयार पारिएको मञ्च लगायत घोषणासभामा भेला भएका सर्वसाधारण मानिसहरू बसेको ठाउँ महाभारतको कुरुक्षेत्र जस्तो रणभूमी बनाइ दिएको कारण म भावआवेगमा आई सो कुरा बोलेको हुँ,’ प्रसाईंले बयानमा भनेका छन् ।