Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

ओलीको राजावादीलाई प्रश्न– म प्रभुको दास हुन्छु भन्दा झोले नहुने, एमालेको विरोध नगर्दा हुने ?

ओलीको राजावादीलाई प्रश्न– म प्रभुको दास हुन्छु भन्दा झोले नहुने, एमालेको विरोध नगर्दा हुने ?
  • १८ जेष्ठ २०८२, शनिबार १५:३३

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा संक्रमणकाल रहेको र देशले सही निकास खोजिरहेकाले देशको परिस्थितिमा सुधारमा सक्रिय हुन बुद्धिजीवीहरुलाई आग्रह गरेका छन् ।

mulpatra

नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले सही कुराको समर्थन गर्दा कसैले झोले भनेर आलोचना गरे पनि परिवर्तन र जनताको झन्डा बोक्न नछोड्न आग्रह गरे ।

उनले भने, ‘म एमालेको झोले हुँ । यतिभन्दा एमालेका विरोधीहरूलाई चित्त बुझ्छ होला । म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु । यसमा मलाई गर्व छ । जेमा पनि खोट देख्ने तथाकथित आलोचनात्मक चेतबाट माथि उठ्नुस् ।’

mulpatra mulpatra mulpatra

प्रधानमन्त्री ओलीले आफूले कुनै सामन्तको दुई कौडी लिएर त्यसको झोला नबोकेको तर्क गरे । उनले ढुक्क भएर राष्ट्रिय एकता र परिवर्तनको सही विचारलाई गौरवका साथ बोकेर हिँड्न आग्रह गरे ।

उनले थपे, ‘तपाईंहरू बुद्धि बेचेर खाने वर्गमात्रै होइन, बौद्धिक वर्ग हो । देशलाई नोक्सान पार्ने र बेठीक गर्नेहरूको विरोध गर्नुस् । सही विचार बोक्नेहरूलाई अझ सुधारका लागि उपयुक्त सुझाव दिनुस् । ’

एमालेले राष्ट्रिय एकतालाई सर्वोपरि ठान्ने स्पष्ट गर्दै उहाँले लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने समयमा पृथ्वीपथका नाममा राजतन्त्र पुनःस्थापाको कुरा उठाउनु अप्रसाङ्गिक हुने उनले टिप्पणी गरे ।

Image Source: © https://mulpatra.com