Close

Recent Posts

भ्याट हटेपनि डिजिटल कारोबारमा शुल्क घट्यो

भ्याट हटेपनि डिजिटल कारोबारमा शुल्क घट्यो
  • १९ जेष्ठ २०८२, आईतवार १०:०७

काठमाडौं– सरकारले डिजिटल भुक्तानीमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज भएसँगै शुक्रबारबाटै डिजिटल भुक्तानी गर्ने ग्राहकको खर्च घटेको छ ।

mulpatra

भुक्तानी प्रदायक संस्थाहरुले लिने राफसाफ शुल्क (सेटदमेन्ट फी)मा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था निवर्तमान अर्थमन्त्री वर्षमान पुनले गरेका थिए ।

सोही बमोजिम २०८१ साउन १ देखि डिजिटल कारोबारमा भ्याट लाग्दै आएको थियो । तर विहीबार संसदमा प्रस्तुत भएको नयाँ बजेटले उक्त भ्याट खारेज गरेको छ । उक्त व्यवस्था आजैबाट लागू भएपछि कारोबार शुल्क घटेको हो ।

mulpatra mulpatra mulpatra

शुक्रबारदेखि नै भुक्तानी सेवा प्रदायक संस्थाहरुले डिजिटल भुक्तानीमा सेवा शुल्क घटाएका छन् । भ्याट कटौति हुने वित्तिकै भुक्तानी शुल्क सस्तो भइसकेको हो । हिजोसम्म ११ रुपैयाँ ३० पैसा लाग्दै आएको मोबाइल बैंकिङ तथा फोनपेको शुल्क अब १० रुपैयाँमा झरेको छ । त्यस्तै ९ रुपैयाँ ४ पैसा लाग्दै आएको कनेक्ट आईपीएसको शुल्क ८ रुपैयाँमा झरेको छ ।