५३२ इजरायल पुगे, अन्यकाे भिसा आउँदै
काठमाडौं– युद्धको त्रास कम भएसँगै केयरगिभरका लागि जान तयार भएका ९२३ युवामध्ये हालसम्म ५३२ जना इजरायल पुगेको वैदशिक रोजगार विभागले जनाएको छ । स्वास्थ्य परीक्षण गरिएका एक हजारमध्ये ९२३ जना पास भएका थिए । तीमध्ये ५३२ जना करार सम्झौतापछि इजरायल गएका छन् ।

युद्धको त्रास कम हुने संकेत देखिन थालेसँगै रोकिएर रहेका नेपालीलाई पठाउन इजरायल पक्षले पत्र पठाएको थियो । इजरायलको मागअनुसार युवालाई पठाइने विभागले जनाएको छ । तर, केही दिनयता भने इजरायल र हमासबीच तनाव बढ्दै गरएको छ ।
विभागका इजरायल शाखा निर्देशक गिरीराज ज्ञवालीले इजरायलले केही समयदेखि थोरै संख्यामा करार सम्झौता गरे पनि आइतबारदेखि संख्या बढाएको बताए । करार सम्झौता गरेर बाँकी रहेका युवाको भिसा जारी भइरहेकाले इजरायल जोन क्रम जारी रहेको छ ।
पछिल्लो समय इजरायलमा रोजगारीका लागि नेपालीको संख्या बढ्दै गएका कारण त्यहाँ कार्यरत नेपाली कामदारको सुरक्षा चासो बढेको छ । हाल इजरायलमा जिटुजी मार्पmत १ हजारभन्दा बढी कार्यरत रहेका बेला थप केयरभिगर जाने क्रम सुरु भएको छ । आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल जाने श्रमिक बढ्ने भएपछि त्यहाँबाट आउने रेमिटेन्स वृद्धि हुने देखीएको छ ।
इजरायलमा हाल १ हजार ६ सय ३० जिटुजी सहित ४ हजार ७ सयभन्दा बढी नेपाली रहेका छन् ।इजरायलस्थित नेपाली दूतावासले थप केयरगिभर र अन्य क्षेत्रका कोटाका सम्बन्धमा छलफल गरिने जनाउँदै आएको छ । इजरायलले पछिल्लो समय केयरगिभर बाहेक कृषि क्षेत्रका लागि एक हजार नेपाली लैजाने आश्वासन दिँदै आएको छ ।
