Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

रेशम र आलमलाई निर्दोष ठान्ने सरकारले तीनकुने घटनामा प्रमाण नभेटिएका प्रसाईलाई फसाउन प्रपञ्च

रेशम र आलमलाई निर्दोष ठान्ने सरकारले तीनकुने घटनामा प्रमाण नभेटिएका प्रसाईलाई फसाउन प्रपञ्च
  • २० जेष्ठ २०८२, सोमबार १६:११

काठमाडौं– गत साता उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले बुधबार गरेको फैसलासँगै पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताब आलम कारागारबाट मुक्त भएका छन् ।

mulpatra

१७ वर्षअघिको संविधानसभा निर्वाचन प्रभावित गर्न आफैंले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवाहरूलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको अभियोगमा ६ वर्षदेखि जेलमा रहेका आलमले सफाइ पाएसँर्ग अदालतमाथि प्रश्न उठ्न थालेको छ । उनको फौसलापछि अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियामा गम्भीर प्रश्न उठाएको छ ।

पहिलो त उनको दबदबा कति थियो भने घटनाको १२ वर्षसम्म पनि पीडित परिवारको आवाज राज्य संयन्त्रले नै दबाएका थिए । तर, सर्वोच्च अदालतको आदेशपछि मात्र मुद्दाको अनुसन्धान सुरु भएको थियो र उनी पक्राउ परेका थिए ।

mulpatra mulpatra mulpatra

विस्फोटको घटनालाई गुपचुप राखेर केही घाइतेलाई भारतमा उपचार गर्न पठाइएको थियो भने अरूलाई मुख खोले ‘जे पनि हुन सक्ने’ धम्की दिएर चुपचाप पारिएको अभियोगपत्रमा उल्लेख छ ।

आलम जोडिएको यो घटना २०६४ चैत २७ को हो । भोलिपल्ट हुँदै गरेको संविधानसभाको निर्वाचनमा विपक्षीका मतदातालाई त्रसित बनाई बुथ कब्जा गरेर निर्वाचन जित्ने उद्देश्यसहित बम बनाउन लगाएको आरोप आलममाथि छ ।

रौतहटको साविक राजापुर फरदहवा–४ स्थित कांग्रेस नेता तथा आलमका काका स्व.शेख इद्रिसको गोठमा बम बनाउने क्रममै विस्फोट भएको थियो ।

Image Source: © https://mulpatra.com

त्यसक्रममा घाइते भएका यमुनामाई गाउँपालिकास्थित सरुअठा गाउँका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँलाई जिउँदै चिम्नीभट्टामा हालेर मारेको आरोप छ ।

अझ अदालतमा मुद्दा चलिरहेका बेला पनि उनको दलका सभापति शेरबहादुर देउवाले ‘आलमलाई छुटाउन पहल गर्ने’ भन्दै समर्थकहरूलाई विश्वस्त बनाएका थिए । त्यसका लागि देउवाले प्रस्टीकरण पनि दिनुपरेको छैन, बरु आलम ससम्मान रिहा भएका छन् ।

आलम मात्र होइन । गत वर्ष जेठमा कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरी जेलबाट छुटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएपछि रेशम जेलबाट मुक्त भएका हुन् ।

सो कारागारबाट अन्य ९ जना पनि आममाफीअनुसार रिहा हुने छन् । मन्त्रिपरिषद्ले आइतबार बिहानै रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । पाँच वर्ष ३ महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय माफी भएको हो ।
रेशमलाई आममाफी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालिन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार दिएको थियो ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिका कमान्डर दुर्गा प्रसाईंलाई संगठित अपराधसहित पाँच वटा कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय थियो । तर उनी कुनै घटनामा नजोडिएका कारण यी मुद्दा प्रमाणित हुन मुश्किल भएको प्रहरीको भनाइ छ । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई भने सरकारले प्रमाणित नभएको मुद्दामा जेल हाल्न सक्दो प्रयास गरिरहेको छ ।

धवलशमशेर स्वास्थ्यका कारण तथा मिश्र सर्वाेच्च अदालतको आदेशमा हाजिरी जमानीमा रिहा भएका छन् । सो आन्दोलनकै मुद्दामा प्रसाई हिरासतमा छन् । प्रहरीले ६०जना भन्दा धेरैविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । संगठित अपराधको मुद्दामा अधिकतम ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाइने भएकाले मुद्दा दायर हुन लागेको हो ।

अहिले प्रसाई र तीनकुने घटनालाई जोडेर जनताले न्याय र कानुनी प्रणालीमाथि प्रश्न उठाउन थालेका छन् । प्रसाईलाई फसाउन प्रधानमन्त्री केपी ओलीदेखि केही विचौलिया व्यापारी लागि परेका छन् । तर मान्छे मारेको राज्य देखेको रेशम र आलमले कानुनी उन्मुक्ति पाउने भनेर प्रश्न सिर्जना भइरहेको छ ।

उता सरकारले राश्वपा सभापति रवि लामिछानेलाई जेल हालेको छ । राजनीतिक प्रतिशोधन राखेर सरकार लामिछाने सहकारी ठगि काण्डमा जेल हालेको हो ।

राजसंस्था पर्नुस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गरेको आन्दोलन हिंसात्मक हुँदा दुई जनाको ज्यान गएको थियो । योजनाबद्ध रुपमा आन्दोलनलाई हिंसात्मक बनाएको भन्दै प्रहरीले राप्रपाका नेतासहितलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।