प्रसाई लक्षित लिङ्देनको टिप्पणी राप्रपालाई कमजोर पार्न केही मानिस परिचालित छन्
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई कमजोर बनाउनको लागि अनेक प्रकारका षड्यन्त्र र आक्रमणहरूको भएको बताएका छन् ।

जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बलियो बन्न नदिने षड्यन्त्र भइरहेको जिकिर गरे ।
उनले भने, ‘यो स्थापना कालदेखि आजसम्म पनि षड्यन्त्रबाट हामी मुक्त हुन सकिराखेका छैनौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अहिले पनि घेराबन्दीका प्रयासहरू भइराखेका छन् । यो सबै आक्रमण, यो सबै घेराबन्दीलाई चिरेर अगाडि बढ्नुको विकल्प हामीसँग छैन ।’
![]() |
![]() |
![]() |
|---|
उनले राप्रपालाई उठ्न नदिन कतिपय मानिसहरू प्रयोग भइराखेको बताए । उनले थपे, ‘केहीलाई राप्रपालाई बदनाम गर्नु छ। राप्रपालाई कमजोर नपारीकन देशको एउटा राष्ट्रिय शक्तिलाई कमजोर पार्न सकिँदैन। नेपाललाई कमजोर पार्न सकिँदैन भन्ने ध्येयका साथ केही मानिसहरू परिचालित छन् । जो चलिराखेका छन्, जो बोलिराखेका छन्, उनीहरूलाई थाहा नहुन सक्छ ।’



