Close

Recent Posts

करणको शानदार ब्याटिङमा स्कटल्याण्डमाथि नेपालको जित

करणको शानदार ब्याटिङमा स्कटल्याण्डमाथि नेपालको जित
  • २१ जेष्ठ २०८२, मंगलवार १०:१२

काठमाडौं– आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गतको सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक जित निकालेको छ । स्कटल्याण्डमा घरेलु टोलीले दिएको २९७ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा ग¥यो ।

mulpatra

नेपालको जितमा करण केसी नायक बने । उनले ४१ बलमा ६५ रनको अविजित इनिङ खेले । २५२ रनमा ८ विकेट गुमाएको नेपालका लागि करण र सन्दीप लामिछानेले ३८ रनको साझेदारी गरे । ओपनर कुशल भुर्तेलले ५३, गुल्शन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ र आसिफ शेखले २० रनको योगदान दिए ।

बलिङमा स्कटल्याण्डका ब्रान्डन म्याकमुलेनले ३, ज्याक जार्भिस र माइकल लिस्कले समान २ तथा जास्पर डेभिडसन र मार्क वाटले एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाएको थियो ।

स्कटल्याण्डका चार्ली टियरले सर्वाधिक ८० रन बनाए । उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे । फिनले म्याकक्रियाथले ५५, रिची बेरिंटनले ४० र म्याथ्यू क्रसले ३९ रनको योगदान दिए ।

बलिङमा नेपालका रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ र सन्दीप लामिछानेले एक विकेट लिए । स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको सिरिज अन्तर्गत नेपालले दोस्रो खेल बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

यो जितपछि नेपाल लिग–२ मा अंकतालिकाको पुछारबाट एक स्थान माथि उक्लिएको छ । १३ खेलमा ८ अंक जोड्दै नेपाल सातौँ स्थानमा उक्लिएको हो ।