सोयाबिन र अलैंची निर्यात सुधारियो
काठमाडौं– नेपालबाट हुने निर्यातमा चालु आर्थिक वर्षमा निरन्तर सुधार भएको देखिएको छ । गएको ११ महिनामा नेपालले गरेको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी तथ्यांक भन्सार विभागले सोमबार प्रकाशन गरेको हो ।

गत साउनदेखि जेठ महिनासम्म नेपालबाट दुई खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख ६१ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । यो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२८ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षमा ११ महिनामा दुई खर्ब ४७ अर्ब ५७ करोड २ लाख १३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।
चालु आर्थिक वर्षको ११ महिनामा नेपालले १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख ७१ हजार रुपैयाँको वस्तु आयात गरेको छ। यस्तो आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो।
![]() |
![]() |
![]() |
|---|
भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा सबैभन्दा धेरै डिजेल आयात भएको छ भने दोस्रो धेरै आयातमा सोयाबिन तेल रहेको छ।
यस्तै, यो ११ महिनामा एक खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख ८५ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको छ भने एक खर्ब १९ अर्ब ६३ करोड दुई लाख सात हजार रुपैयाँको सोयाबिन तेल र त्यसको कच्चा पदार्थ आयात भएको छ।
सोही अवधिमा नेपालबाट एक खर्ब १३ अर्ब रुपैयाँको सोयाबिन तेल र १२ अर्ब एक करोड १४ लाख ८६ हजार रुपैयाँको अलैँची निर्यात भएको विभागको तथ्यांक छ।
Image Source: © https://mulpatra.com
गत साउनदेखि जेठसम्म नेपालले १६ खर्ब १६ अर्ब १३ करोड १६ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ। यो कुल व्यापारको १५.६७ प्रतिशत हो।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



