अखिलमा महासचिव नरेश रोकायालाई रोक्न उमेरहद
काठमाडौं– नेकपा एमालेले भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु)मा उमेरहद (३२ वर्ष) औपचारिक रुपमा लागू भएको छैन । तर यसको तरंग ३२ वर्षमाथिका उमेदवारमा सुरु भएको छ । उमेरहद लागू हुँदा राम्रा र अहिले उमेद्वारको प्रतिस्प्रर्धामा भएकै मान्छे बाहिरिन्छन् ।

एमालेको गत जेठ ११ मा बसेको ४२ औँ सचिवालय बैठकले उमेरहद लागू गरेको थियो । उमेरहद कार्यान्वयन गर्न पार्टी महासचिव शंकर पोखरेलले सर्कुलर जारी गरेको अखिलले जनाएको छ ।
महासचिव नरेश रोकाय र सचिवबाट दीपेश प्रसाईं, आशीर्वाद सुवेदी, विनिता काफ्ले, मनोज ताम्ली, सञ्जीव धिताल र कोषाध्यक्ष संगम धिताल बाहिरिँदै छन् । रोकायलाई अध्यक्ष बन्नबाट रोक्न पनि उमेरहद लागू गरिएको अखिलमा चर्चा छ । यो भन्दा अघिको महाधिवेशनमा स्वतन्त्र जितेका रोकाय स्थाई कमिटि सदस्य कर्ण बहादुर थापानजिक मान्निछन् ।
![]() |
![]() |
![]() |
|---|
अब पदाधिकारीबाट भाबी नेतृत्वका लागि सचिवबाट अञ्जना शिवाकोटी, दीपक धामी, आरती भट्टराई, डा. सुजन कडरिया र प्रकाश पौडेल मात्र उमेर हदका कारण प्रतिस्पर्धा गर्न पाउँछन्। उनीहरूमध्येबाटै एकजना अखिलमा अध्यक्ष बन्नेछन् ।
सर्कुलरमा अखिलका सबै कमिटीमा उमेर हद लागू गर्न र ३२ वर्ष नकटेका प्रतिनिधिलाई मात्र उम्मेदवार बनाउन निर्देशन छ। एमालेको निर्णयपछि एकतिहाई आकांक्षी प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
उमेर हदका कारण वर्तमान अध्यक्ष समिक बडाल, उपाध्यक्षबाट नारायण घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट र धर्म गिरी स्वतः अलग भएका छन् ।
Image Source: © https://mulpatra.com
रोकायको असन्तुष्टिपछि अखिलका अध्यक्ष समिक बडालले सामाजिक सञ्जालमा संगठनको आन्तरिक जीवनबारे छलफल नगर्न निर्देशन दिएका छन्। उनले उमेरसम्बन्धी निर्णय कोही व्यक्तिमाथि लक्षित नभएको दाबी गरेका छन् ।
अखिलभित्र उमेर हदको विषयले समिक र नरेशबीच तिक्तता देखाएको छ । नेताहरूका अनुसार उमेर हद लगाउन समिक लागिपरेका थिए। समिक भने उमेरहदको पक्षपोषक आफू नभई पार्टीकै नेताहरू भएको भन्दै पन्छिँदै आएका छन् ।
अखिलको विधानअनुसार पनि यसअघि पदाधिकारी भएकाले मात्र अब अध्यक्षमा दाबी गर्न पाउँछन् । अहिले अखिलभित्रको सरगर्मी अनुसार भाबी अध्यक्षका रूपमा वर्तमान सचिवहरू प्रकाश पौडेल, डा. सुजन कडरिया र दीपक धामी मुख्य दाबेदार हुन् ।
उमेर हद लागेपछि अखिलको महाधिवेशनमा विधानतः सचिवहरूबाट मुख्य दाबेदार छन् । अञ्जना शिवाकोटी र आरती भट्टराई विधानअनुसार योग्य भए पनि अध्यक्ष बन्ने सम्भावना कम छ । अहिले पौडेल, कडरिया र धामी नै अध्यक्षका रूपमा अघि सरेको नेताहरूको भनाइ छ । उनीहरू पनि भाबी अध्यक्षको दाबी गर्दै माहोल बनाउनेमा लागेका छन् ।



