Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

राजावादी आन्दोलन फितलो बन्दै गएपछि समिति नयाँ रणनीति बनाउन बैंठक बस्दै

राजावादी आन्दोलन फितलो बन्दै गएपछि समिति नयाँ रणनीति बनाउन बैंठक बस्दै
  • २२ जेष्ठ २०८२, बुधबार १०:५५

काठमाडौं– राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा सुरु भएको आन्दोलन अर्को चरणमा प्रवेश गरेको छ । गत चैत १५ गतेबाट सुरु भएको आन्दोलन हिजो एक साता पार भएको हो । राजावादी घटकहरू आन्दोलनको नयाँ खाका बनाउनका लागि आज बैठक बस्ने भएका छन् ।

mulpatra

सरकारले काठमाडौंका तीन स्थानबाहेक सबैतिर निषेधाज्ञा जारी भएपछि आन्दोलनलाई कसरी निरन्तरता दिने भन्नेमा राजावादी मोर्चा स्पष्ट भइसकेको छैन । यसै विषयमा आज बैठक बोलाइएको हो । पहिलो साताको आन्दोलनमा व्यापक जनसहभागिता भएको निष्कर्ष समितिले निकालेको छ । धुम्बाराहीस्थित नवदुर्गा पार्टी प्यालेसमा आज २ बजे बस्ने बैठकमा ४४ वटै राजावादी घटकहरूको सहभागिता रहने भएको छ ।

संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल आन्दोलनको स्वरूप र शैली फेर्ने जानकारी दिए । उनले आन्दोलनको सुनवाइ र माग सम्बोधन गर्नुको साटो सरकारले उल्टो सबैतिर निषेधाज्ञा लगाएर अधिनायकवाद प्रदर्शन भयो ।

mulpatra mulpatra mulpatra

हिलेसम्म भद्र र शान्तिपूर्ण आन्दोलन गरिएकोमा सरकारले झनै अधिनायक शैली प्रदर्शन गरेपछि आफूहरूले पनि समीक्षा गर्नुपर्ने अवस्था आएको उनले बताए । ‘सरकारले तोकिदिएको तीन ठाउँमा मात्रै आन्दोलन सीमित हुँदैन । यस्तो निषेधाज्ञा हामीलाई मन्जुर छैन ।’ उनले भने, उनले भने, ‘बाहिर अनर्गल प्रचारहरू भइरहेका छन् । मैले नबोलेका कुराहरूसमेत समाचार बनाइयो । राप्रपा आन्दोलनको अग्र मोर्चामै छ । आजको बैठकमा राप्रपाको सहभागिता हुन्छ ।’

राजावादी प्रमुख दल राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलनबाट बाहिरिएको भनेर गरिएको प्रचारबाजी भएको उनको भनाइ छ । राप्रपाले पनि हिजो एक विज्ञप्ति जारी गर्दै पार्टीको विषयमा विभिन्न सञ्चारमाध्यममा दुष्प्रचार गरिएको भन्दै खण्डन गरेको थियो ।