Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

दोषजति प्रसाईलाई खन्याएर छुटेका मिश्र–राणा सम्पर्कमा नआएपछि दुवैका वकिललाई ५०–५० हजार जरिवाना

दोषजति प्रसाईलाई खन्याएर छुटेका मिश्र–राणा सम्पर्कमा नआएपछि दुवैका वकिललाई ५०–५० हजार जरिवाना
  • २३ जेष्ठ २०८२, बिहीबार १४:०७

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा सम्पर्कविहीन भएपछि उनीहरुको जिम्मा जमानी लिएका वकिललाई जरिवाना तिराइएको छ ।

mulpatra

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले मिश्र र राणाका वकिललाई जरिवाना तिराइएको जानकारी दिए । उनका अनुसार हाजिरी जमानीमा लिएर बुझ्नेहरुले उहाँहरुलाई बुझाउन नसकेपछि दुवै जनाको वकिललाई ५०÷५० हजार रुपैयाँका दरले जरिवाना तिराएको हो ।

अदालतमा मुद्दा गएपछि सम्पर्क हुने सर्तमा छुटेका उनीहरु अहिलेसम्म सम्पर्कमा नआएपछि जिम्मा जमानी लिने दुई वकिललाई ५०–५० हजार रुपैयाँ जरिवाना तिराइएको उनले बताए ।

mulpatra mulpatra mulpatra

मिश्र हिरासतमा रहेपछि उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले अनुसन्धान सकिएको भन्दै हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो । त्यसपछि २ जेठमा प्रहरीले वकिलको जिम्मा लगाएर मिश्रलाई छाडेको थियो ।

मश्रभन्दा अगाडि ७ वैशाखमा राणा छुटेका थिए । उपचारका लागि भन्दै राणालाई छाड्नुपर्ने सरकारी वकिल कार्यालयको रायअनुसार प्रहरीले हाजिरी जमानीमा छाडेको थियो । उनीविरुद्धको मुद्दा अहिले काठमाडौं जिल्ला अदालतमा चलिरहँदा उनी पनि सम्पर्कविहीन छन् ।

मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार अनुसन्धान अधिकृतले जरिवाना तोक्ने सक्ने व्यवस्था उल्लेख छ । संहिताको दफा १५ मा हिरासतमा रहेका व्यक्तिलाई अनुसन्धान अधिकृतले छाड्न सक्ने व्यवस्था उल्लेख छ । दफा १५ को उपदफा (४) मा उल्लेख छ, ‘उपदफा (३) बमोजिम तोकेको समयमा त्यस्तो मानिसलाई उपस्थित नगराएमा हाजिर जमानी दिने व्यक्तिलाई अनुसन्धान गर्ने अधिकारीले पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

Image Source: © https://mulpatra.com

यसरी छाडिएका व्यक्तिलाई जसले बुझेको हुन्छ । पछि ती व्यक्तिलाई उपस्थित नराएको अवस्थामा बुझिलिने व्यक्तिलाई जरिवाना गर्न सकिने उल्लेख छ ।

गत चैत १५ गते राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेपछि मिश्र र राणालाई प्रहरीले पक्राउ गरेको थियो । तीनकुने घटनामा संलग्न भएको आरोपमा मिश्र र राणालाई राजद्रोह, आपराधिक उपद्रव, संगठित अपराधको मुद्दा लगाइएको छ । उनीहरुसँगै यो घटनामा ४ बालकसहित ६५ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

यो मुद्दाको अहिले अदालतमा थुनछेक बहस सुरु भएको छ । जसमा उनीहरु प्रहरी सम्र्पक आएनन । त्यसपछि दुवै जनालाई प्रहरीले खोजी गरिरहेको छ । तर उनीविरुद्धको मुद्दा अदालत पुगेर बयान सकिँदा समेत उनी अहिलेसम्म उपस्थित भएका छैनन् ।

करिब दुई महिना लामो समय लगाएर गरेको यो अनुसन्धानका प्रतिवादीले भने दुर्गा प्रसाईंलाई दोष देखाएर बयान दिएका छन् । रवीन्द्रदेखि धवल शमशेर राणा समेतले आफूहरू अथिति मात्रै रहेको र यसको सम्पूर्ण जिम्मा प्रसाईं रहेको संकेत गर्दै बयान दिएका छन् ।

प्रसाईको महाअभियानलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ चैतमा तीनकुनेमा सभा गर्ने अनुमति दिएको थियो । कार्यक्रमको आयोजक प्रसाईं नै भएको र सबै व्यवस्थापन उनैले गरेकाले यसको जिम्मेवारी उनैले लिनुपर्ने आसयको बयान दिएर राणा पन्छिएका छन् ।

प्रसाईंमाथि सम्पूर्ण आरोप थोपरे पनि उनीहरु आफैं पनि त्यस दिन तीनकुने पुगेर ‘हामी अगाडि बढ्ने हो, प्रहरीसँग डराउने होइन, यो संघीयता र गणतन्त्र समाप्त पार्ने आजको दिन हो ।’ भनेर प्रदर्शनकारी उकासेका थिए ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका तर्फबाट दुर्गा प्रसाईं र ८६ वर्षीय पूर्वपञ्ज नवराज सुवेदी समेतले संयुक्त रूपमा प्रदर्शन गरेका थिए । त्यसको कमान्डर भने प्रसाईंलाई बनाइएको थियो । यो प्रदर्शन हिंसात्मक बनेपछि कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजकको ज्यान समेत गएको थियो । प्रदर्शनकारीहरूले व्यक्तिका घर तोडफोड गर्नेदेखि आगजनीसम्म गरेका थिए ।