Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

डंगोल र प्रमुख प्रशासकीय गुरागाईलाई कालो मोसो दल्ने हल्ला चलेपछि सशस्त्र प्रहरी पुग्यो कार्यालय

डंगोल र प्रमुख प्रशासकीय गुरागाईलाई कालो मोसो दल्ने हल्ला चलेपछि सशस्त्र प्रहरी पुग्यो कार्यालय
  • २३ जेष्ठ २०८२, बिहीबार १६:३१

काठमाडौं महानगरपालिकामा जनप्रतिनिधिमाथि कालोमोसो दल्ने हल्ला चलेपछि सशस्त्र प्रहरी बल खटाइएको छ । उपमेयर डंगोल एक कार्यक्रममा सहभागी हुन विराटनगर गएकी छन् भने प्रशासकीय अधिकृतको मोवाइल अफ छ ।

mulpatra

शान्ति सुरक्षाको लागि भन्दै सशस्त्र प्रहरी खटाइएको हो । महानगरका प्रवक्ता नवीन मानन्धरले आफूले पनि कालोमोसो हल्ला सुनेको र सशस्त्र खटिएको जानकारी पाएको बताए ।

उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि कालो मोसो दल्ने हल्ला फैलिएपछि कार्यालयमै सुरक्षाकर्मी खटाइएको हो । अफवाह कसले फैलायो भन्ने बारेमा महानगर नै अनविज्ञ रहेका छन् ।

mulpatra mulpatra mulpatra

तर महानगर सहायक प्रवक्ता नवराज ढकालले भने बाहिर आएको कुरा हल्ला भएको बताए । उनले भने, ‘काले मासो दल्ने हल्ला चलेर आएको भन्ने कुरा सत्य होइन । थर उहाँलाई कसले पठाएको हो जानकारी छैन । बुझ्ने काम भइरहेको छ ।’ उनका अनुसार उपमेयर र प्रशासकीय अधिकृत दुबै कार्यालयमा छैनन् ।

ढकालका अनुसार उनीहरु मेयर बालेन्द्र शाह बालेनसँग छलफलका लागि आएको र यतिकै अफवाह फैलिएको हो ।