Close

Recent Posts

काठमाडौंमा राजावादी आन्दोलन, राजा शाह भने झापा

काठमाडौंमा राजावादी आन्दोलन, राजा शाह भने झापा
  • २४ जेष्ठ २०८२, शुक्रबार १०:२१

काठमाडौं– काठमाडौंमा राजावादी आन्दोलन चलिरहँदा पूर्वराजारानी भने काठमाडौंमा छैनन । उनीहरू आन्दोलन छल्दै झापामा सुस्ताइरहेका छन् ।

mulpatra

जेठको ११ गते दमकमा आएका पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटक पनि राजावादीहरुसँग भेटघाट गरिरहेका छन् । उनलाई भेट्न पूर्वका विभिन्न स्थानबाट राजावादीहरू पुग्ने गरेका छन् ।

आन्दोलन सुरु हुनुभन्दा ४ दिन अघिबाट उनीहरू झापा आएका हुन् । पूर्वराजारानीसँग भतिजी शिताष्मा पनि छिन् । झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानमा उनीहरूको बास छ । उनीहरू दुई साताका लागि दमक आएको श्रोतले बतायो ।

mulpatra mulpatra mulpatra

हिमालय महालक्ष्मी चिया बगान पूर्व राजा ज्ञानेन्द्रको आफ्नै चिया बगान हो । पूर्व–पश्चिम सडक खण्डसँगै दमक बजारको पश्चिमी क्षेत्रमा पर्ने चिया बगानमा उनी बेला–बेला आएर बस्ने गरेका छन् ।

खासगरी जाडोको समयमा र चिया टिप्ने समयमा उनी नियमित रूपमा यहाँ बस्ने गर्छन् । अहिले पनि चिया टिप्ने समय हो ।
यो उनको नियमित भ्रमण रहेको पूर्वराजा आएका बेला भेट्न जानेहरू बताउँछन् ।

गत चैत्र १५ गते काठमाडौंमा राजावादीहरूले हिंसात्मक आन्दोलन गरे । कमान्डरको रूपमा नवराज सुवेदीलाई तोकिए पनि नेतृत्व भने झापाकै व्यवसायी दुर्गा प्रसाईँले गरेका थिए ।

Image Source: © https://mulpatra.com

सो आन्दोलन एक जना पत्रकारको घरभित्र जलेर मृत्यु भएको थियो भने एक सर्वसाधारणको प्रहरीले गोली लागेर ज्यान गएको थियो ।

आन्दोलनका क्रममा घर पसलहरूमा आगजनी र तोडफोड भए । सो आन्दोलनको जिम्मेवारी पूर्वराजाले लिनुपर्ने भनेर प्रधानमन्त्रीले संसदमै बोले । केही गणतन्त्रवादी नेताहरूले उनलाई पक्राउ गर्नुपर्ने समेत बताए ।

सरकार र गणतन्त्रवादी दलहरूले कुनै टेरपुच्छर लगाएका छैनन् ।