Close

Recent Posts

आज झापा इलाम र अन्य क्षेत्रमा बाढीको जोखिम, सतर्कता अपनाईराखौँ

आज झापा इलाम र अन्य क्षेत्रमा बाढीको जोखिम, सतर्कता अपनाईराखौँ
  • २४ जेष्ठ २०८२, शुक्रबार १०:२६

काठमाडौं– बाढीको सम्भावित जोखिमका हिसाबले ९ जिल्लाका बासिन्दाले सतर्कता अपनाउन आवश्यक देखिएको छ ।

mulpatra

बाढी पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे बुलेटिन जारी गरी इलामदेखि पश्चिमका ९ जिल्ला र आसपास भई बग्ने खोला(नदीमा ठूलो बाढी आउने सम्भावना देखिएको जानकारी दिएको हो ।

सूचनामा भनिएको छ । आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, धनुषा, धनकुटा, सर्लाही र आसपासका जिल्ला भई वहने केही ससाना नदीमा बहाव सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ ।

यस्तै बाढी महाशाखाले आगामी ३ दिन (आइतबारसम्म) कोसी नारायणी कर्णाली महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक देखिएको बताएको छ ।

बाढी महाशाखाले अगाडि भनेको छ । कन्काई, कमला र बागमतीमा बहाव केही हदसम्म बढ्न सक्ने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाईराखौँ।