Close

Recent Posts

डिजिटलाइजेशनका कारण परम्परागत बैंकहरुको अस्तित्व खतरा बढ्दो

डिजिटलाइजेशनका कारण परम्परागत बैंकहरुको अस्तित्व खतरा बढ्दो
  • २४ जेष्ठ २०८२, शुक्रबार १६:२९

काठमाडौं– एक प्रतिवेदनले विश्वमा रहेका परम्परागत बैंकहरुको अस्तित्व खतरामा पुगेको जनाएको छ । बोस्टन कन्सल्टिङ ग्रुप (बीसीजी)ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार परम्परागत तरिकाले काम गर्ने बैंकहरुलाई नयाँ र द्रुत गतिमा चल्ने वित्त कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न गाह्रो हुँदै गएको छ ।

mulpatra

‘वित्त क्षेत्रमा आम्दानी बढ्दै गएको छ, तर पुराना बैंकहरुले आफ्नो हिस्सा बचाउन संघर्ष गरिरहेका छन्। वित्त सेवाहरुबाट आम्दानी बढ्दै गएको छ तर बैंकहरुले आफ्नो उचित हिस्सा पाइरहेका छैनन्’, प्रतिवेदनमा भनिएको छ, ‘अब पैसा फिनटेक, प्राइभेट क्रेडिट फन्ड, नन–बैंक लिक्विडिटी प्रोभाइडर र डिजिटल बैंकजस्ता कम्पनीतर्फ गइरहेको छ। अर्थात्, प्रविधि प्रयोग गरेर वित्तको कामलाई सजिलो बनाइरहेका कम्पनीहरु अगाडि बढिरहेका छन्।’

प्रतिवेदनमा डिजिटल सम्पत्ति अर्थात् क्रिप्टोकरेन्सीजस्ता अनलाइन सम्पत्तिहरु धेरै छिटो बढिरहेको पनि उल्लेख छ। यसले वित्तीय क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ तर धेरैजसो बैंकहरु अझै पनि यसबाट टाढा छन्। तीव्र गतिमा बढिरहेका कम्पनीहरु डिजिटल प्रविधि प्रयोग गर्नमा माहिर छन्। डिजिटल बैंकहरु विगत ५ वर्षमा ८५–१०० प्रतिशतको दरले बढेका छन्। प्राइभेट क्रेडिट कम्पनीहरु र रिटेल ट्रेडिङ प्लेटफर्महरु पनि द्रुत गतिमा बढिरहेका छन्।

mulpatra mulpatra mulpatra

तुलनात्मक रुपमा पुराना बैंकहरुको आम्दानी केवल १०–१५ प्रतिशतका दरले बढेको छ। यद्यपि तिनीहरुसँग सबैभन्दा धेरै सम्पत्ति छ। ‘नयाँ युगका कम्पनीहरु अगाडि रहनुको कारण भनेको तिनीहरुसँग ठूलो प्लेटफर्म छ, तिनीहरुको खर्च कम छ र तिनीहरु डिजिटल तरिकाले काम गर्छन्’, बीसीजीको प्रतिवेदनमा भनिएको छ, ‘गैर–परम्परागत बैंकहरुले प्रतिस्पर्धात्मक रुपमा कमाउने नयाँ तरिकाहरु खोजिरहेका छन्। प्रविधिको उचित प्रयोग गरिरहेका कम्पनीहरु द्रुत गतिमा बढिरहेका छन्।’