Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

लोकतन्त्रको ‘पिल्लर’ हलियो, हरेश नखानुहोस्, चाँडै ज्वाला बनेर आउने प्रसाईको जेलबाट सन्देश

लोकतन्त्रको ‘पिल्लर’ हलियो, हरेश नखानुहोस्, चाँडै ज्वाला बनेर आउने प्रसाईको जेलबाट सन्देश
  • २५ जेष्ठ २०८२, शनिबार १६:२८

काठमाडौं– दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार, संस्कृति तथा नागरिक बचाउ महाअभियान २०७९ फागुन १ गते झापाको मेचीपुलमा राजा ज्ञानेन्द्र शाहदेवबाट द्वीप प्रज्जवलन गरि राजास)स्था र हिन्दुराज्यको वकालत सुरु गरेको थियो । यो महाअभियान तेस्रो वर्षमा लागेको छ ।

mulpatra

प्रसाईले तीन वर्षअघिको विषयलाई सम्झिदै आफना समर्थकलाई हरेश नखानुहोस भनेर प्रहरी हिरासतबाट आग्रह समेत गरेका छन् । उनले एउटा आफना सहयोगीमार्फत सामाजिक सञ्जालमा शान्तिपूर्ण घोषणा सभामा राज्यले गरेको निर्मम दमन, त्यसपछि म लगायत अभियन्ता साथीहरूलाई देश बेच्ने जस्तो अभियुक्तको रूपमा प्रस्तुत गर्ने तथा काठमाण्डौमा पुरै निशेध्याज्ञ्या गर्ने बलकारी सत्ताको व्यवहार प्रस्ट देखाएको समेत औंल्याएका छन् ।

प्रसाईले गणतन्त्रको रुख हल्लिइसकेको छ । तस्कर र दलालहरूको सत्ता मक्किसकेको छ ।त्यसैले तपाईंहरू हरेश नखानुहोस् । म ज्वाला बनेर चाँडै आउँदैछु, तपाईंहरूको माझमा, तस्कर र दलालहरूको मक्किएको सत्ता र हल्लिएको रुख उखेलेर नयाँ युगको स्थापना गर्नको लागि नयाँ योजना हिरासतबाटै बनाएको समेत जनाएको छ ।

mulpatra mulpatra mulpatra

प्रसाईले यस महाअभियानमार्फत जनताको उपस्थितिमा शुभारम्भ गरिएको यस महाअभियानको एकमात्र उद्देश्य हो देशमा सुशासन कायम गर्न तथा जनतालाई सुख, शान्ति र सुरक्षाको अनुभूती दिलाउन प्रसाय गरेको देखिन्छ ।

वैदिक सनातनको मान्यतालाई सर्वोपरी मान्दै राष्ट्रिय सभा र प्रदेश सभा बिनाको लोकतान्त्रिक व्यवस्थाको स्थापना गर्नैपर्ने अपरिहार्यता देखिएको, राष्ट्रको राष्ट्रियता र सार्वभौम संप्रभुताको सुरक्षा कवजको रुपमा राजाको अपरिहार्यता महसुस भएको तथ्यलाई स्वीकार्दै देश, जनता र नेपाली नागरिकको भलाइको पक्षमा खबरदारीकासाथ एउटा निडर, निश्पक्ष र स्वतन्त्र महाअभियान सञ्चालन भएको थियो ।

महाअभियान राजनीतिक बेथीतिको विरोधमा उक्रिदाँ प्रसाई राजनीतिक दलको तगारो बने । यसका कारण उनीमाथि राजनीतिक आक्रमण समेत भइरहयो ।

Image Source: © https://mulpatra.com

प्रसाईको सन्देश

गलत क्रियाले दुर्गा प्रसाईको महाअभियान तुहाउन सल्बलाएका विरोधी तत्वहरुलाई सघाउन खोजिएको त होइन ? भन्ने शंका उब्जिनु अस्वाभाविक होइन । यसबारे राजाको प्रतिक्रिया के छ भन्नेबारे जनताको गम्भीर चासो रहेको छ । यस किसिमको हर्कतले जनता निरासिएको र दुर्गा प्रसाईको महाअभियानलाई तुहाउन खोज्नेहरुलाई मलजल पु¥याएकै हो भन्ने हामी अभियन्ताहरुको निश्कर्ष रहेको छ । यसरी नै उनीहरुले आवाज समेत उठाउँदै आएका छन् ।