राजसंस्था पुनर्गठन समितिका सुवेदी हटाएर, युवाले नेतृत्व लिने तयारी
काठमाडौं – राजासंस्थाको पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिलाई पुनर्गठन गरिने भएको छ । नवराज सुवेदी नेतृत्वको समितिलाई पुनर्गठन गरेर अधिकतम युवाहरुलाई समेटिने उक्त समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिए ।

गत साता सुवेदी नेतृत्वको समितिको समीक्षा बैठकमा होहल्ला भएपछि राजावादीहरु निष्कृय भएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्दाबोल्दै होहल्ला भएपछि सुवेदीले बैठक स्थगित गरेका थिए । नेपालको कांग्रेस, एमाले, माओवादी, जनमुक्ति सेना, सीपी मैनालीहरु धेरै जनाले आउन चाहनु झएको छ । युवाले कार्यक्रम बनाएर त्रियाशील ढंगले आन्दोलन बढ्छ ।
समितिको नेतृत्व अब युवाले गर्नेछन् । युवाहरुले बनाएको कार्यक्रम बुढाहरुले मान्नुपर्दछ । नमान्ने हो भने सल्लाहकारमा उनले बताए ।
राजावादी ४४ संगठनले गर्ने भनिएको अनिश्चितकालिन आन्दोलन बिचमै अलपत्र परेको छ । सामूहिक रुपमा आन्दोलन अघि बढ्न नसक्नुमा नेताहरुले एकअर्को पक्षलाई आरोप लगाउँदै आएका छन् । बूढाहरुको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको बीचमा गरेर भताभुङ्ग पारे । जनभावनालाई तुहाउन प्रयास रहेको आरोप छ ।
![]() |
![]() |
![]() |
|---|
कमल थापा र राजेन्द्र लिङ्देन लगायत पुराना राजावादी नेता ८६ वर्षीय नवराज सुवेदीको नेतृत्वमा आन्दोलन गर्न तयार भएका थिए । उनीहरूले मुलुकमा गणतन्त्र आएको दिन १५ जेठको छेको पारेर नै आन्दोलन सुरु गरेका थिए । तर अहिले राजावादीहरु निष्कृय छन् ।
पटक–पटक टुट्दै र जुट्दै गरेका राजावादीहरूलाई पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले बोलाएरै एकताबद्ध हुन भनेका थिए ।



