Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

भिजिट भिसा प्रकरणको छानबिन गर्न कांग्रेस लचक नभएको प्रचण्डको ब्रिफिङ

भिजिट भिसा प्रकरणको छानबिन गर्न कांग्रेस लचक नभएको प्रचण्डको ब्रिफिङ
  • २६ जेष्ठ २०८२, आईतवार १५:५५

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न कांग्रेस लचक नभएको जानकारी गराएका छन् ।

mulpatra

नयाँ वानेश्वरस्थित संसद भवनमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले यस्तो ब्रिफिङ गदै प्रचण्डले भिजिट भिसा प्रकरणमा आफूहरूले छानबिन समिति माग गरेको र समितिको मोडालिटीको विषयमा लचक रहेको बताए ।

प्रचण्ड शनिवार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका थिए । उक्त भेटमा प्रचण्डले आफू विपक्षी दलहरूको म्यान्डेड लिएर आएको बताएको प्रचण्डले सुनाए । प्रचण्डले ब्रिफिङ गरे अनुसार संसदीय छानबिन समिति बनाउने, पूर्व न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति बनाउने लगायतका विकल्पमा जान तयार रहेको प्रस्ताव राखे ।

mulpatra mulpatra mulpatra

देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको भनेर प्रचण्डको प्रस्ताव स्वीकार नगरेको प्रचण्डले सुनाएका छन् । विपक्षी दलको बैठकपछि पुनः कांग्रेस र माओवादी नेताहरू संवादमा जुटेका छन् ।

जवाफमा कांग्रेस सभापति देउवाले संसद प्रभावित हुँदा बजेटमाथिको छलफल प्रभावित भएको र यसले कसैको भलो नगरेको बताएका छन् ।

विपक्षी दलहरूको बैठक लम्बिएको र फेरि माओवादी र कांग्रेसका नेताहरू संवादमा रहेपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो सवा ३ बजेका लागि सारिएको छ ।

Image Source: © https://mulpatra.com