Close

Recent Posts

टेलिकमको बिलिङ ठेक्कामा साढे ३३ करोड भ्रष्टाचार मुद्दा

टेलिकमको बिलिङ ठेक्कामा साढे ३३ करोड भ्रष्टाचार मुद्दा
  • २६ जेष्ठ २०८२, आईतवार १६:०१

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईतबार नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत–सम्भार ठेक्कामा भ्रष्टाचार भएको दावी सहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा चलायो ।

mulpatra

नेपाल टेलिकमकी प्रवन्ध निर्देशक संगीता पहाडी, पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल अनि चिनिया कम्पनी र ठेकेदार सहित १८ जनामाथि मुद्दा चलेको हो । अख्तियारले उनीहरुमाथि ३३ करोड ४८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

पुस, २०७९ मा भएको ठेक्का सम्झौताबाट एसिया इन्फो नामक कम्पनीले वार्षिक करिव ६५ करोड रुपैयाँका दरले पाँच वर्षमा ३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी पाउने सम्झौता भएको थियो । नयाँ बिलिङ प्रणालीको टेण्डर आह्वान गर्नुपर्नेमा पुरानै प्रणालीलाई निरन्तरता दिने र प्रतिस्पर्धाविना नै ठेक्का लम्ब्याउने निर्णय गरेको उजुरीपछि अख्तियारले अनुसन्धान गरेको थियो ।

mulpatra mulpatra mulpatra

नेपाल टेलिकमको सञ्चालक समितिले २४ पुस, २०७९ मा बिलिङ प्रणालीको सेवा उपलब्ध गराइरहेको एसिया इन्फो नामक कम्पनीसँग चार वर्षका लागि वार्षिक मर्मतसम्भार सम्झौता(एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट–एएमसी) गर्ने निर्णय गरेको थियो ।

सञ्चालक समितिले आवश्यक परेमा थप एक वर्ष त्यस्तो सम्झौता लम्ब्याउन सकिने भनी प्रस्ताव अनुमोदन समेत गरेको छ । त्यतिबेलै सञ्चालक समितिले नयाँ टेण्डर प्रक्रिया अघि बढाउने निर्णय गरेपनि अहिलेसम्म प्रक्रिया अघि बढेको छैन ।

बिलिङ प्रणालीविना टेलिफोन र इन्टरनेट सेवा सञ्चालन हुन सक्दैन । कुनै उपभोक्ताले अर्को व्यक्तिलाई फोन गर्दा बिलिङ प्रणाली हुदै अर्को व्यक्तिसम्म सम्पर्क स्थापित हुन्छ । पर्याप्त ब्यालेन्स नहुदा बिलिङ प्रणालीले नै अर्को व्यक्तिसँग सम्पर्क गर्ने सुविधा दिदैन ।

Image Source: © https://mulpatra.com

नेपाल टेलिकमले सन् २०१२ देखि अहिले सञ्चालनमा रहेको बिलिङ प्रणाली प्रयोग गरिरहेको छ । ८÷९ वर्षमा परिवर्तन गर्नुपर्ने प्रणाली एक दशकदेखि चलिरहेकाले फोन नलाग्ने, लागेमा पनि सेवा अवरुद्ध हुने, बिचैमा काटिने लगायतका समस्या देखिएका छन् । नेपाल टेलिकममा बारम्बार सेवा अवरुद्ध हुने समस्या देखिएको छ ।

केही वर्षदेखि भएका विभिन्न अध्ययन र छानविनले नेपाल टेलिकमको बिलिङ प्रणालीमा चुहावट रहेको औल्याउदै लाई नयाँ बिलिङ प्रणालीमा जान सुझाव दिएका छन् ।