Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रहरी र स्थानियको सहयोगमा भक्तबहादुर क्षेत्रीले चितवन सुन्दरबस्ती १४ मा मिनी क्यासिनो चलाउँदै

चाँडपर्वमा स्थान फेर्दे क्षेत्रीले अवैध रुपमा जुवा तास खेलाउँछन्

प्रहरी र स्थानियको सहयोगमा भक्तबहादुर क्षेत्रीले चितवन सुन्दरबस्ती १४ मा मिनी क्यासिनो चलाउँदैचाँडपर्वमा स्थान फेर्दे क्षेत्रीले अवैध रुपमा जुवा तास खेलाउँछन्
  • ३ कार्तिक २०८२, आईतवार १५:४७

काठमाडौं । चितवन महानगरपालिकाको वडा नम्बर १४ सुन्दरबस्तीमा अवैध रुपमा जुवा तास खेलाउन पाइएको छ । चाँडपर्वको बेला स्थान परिवर्तन गराउँदै खेलाउने व्यक्ति भक्तबहादुर क्षेत्री हुन् । भक्त क्षेत्रीले भन्ने व्यक्तिले उक्त क्षेत्रमा आफनो घरमा अवैध रुपमा जुवाताससँगै अन्य खेल खेलिरहेका छन् ।

mulpatra

साथै उनले तासको म्यारिज समेत खेलाउने गरेका छन् । त्यहाँका स्थानियका अनुसार उनले जुवा, तास र म्यारिजसहित अन्य अवैध कारोवार समेत गरिरहेका छन् ।

जुवा र तासबाट भएको आयस्रोत प्रहरी र स्थानिय तहमा क्षेत्रीले बाँड्ने गरेको समेत पाइएको छ । प्रहरी र स्थानियको सहयोगमा क्षेत्रीले यो गतिविधि गरिरहेको स्थानियको आरोप छ । प्रहरी दिनहुँ जुवाडे पक्राऊ गरेको सूचना प्रवाह गरिरहेको हुन्छ ।

mulpatra mulpatra mulpatra

उनीसँग पटक–पकट सम्र्पक गर्दा समेत ती सञ्चालक सम्र्पकमा आएनन् । उनले प्रहरी, वडाको सहयोगमा स्थान परिवर्तन गदै कौडा, तास र जुवा खेलाउँदै आएका छन् ।

भक्त क्षेत्रीले भन्ने व्यक्तिले उक्त क्षेत्रमा आफनो घरमा अवैध रुपमा जुवाताससँगै अन्य खेलाएको त्यहाँको प्रहरी र वडाकै संरक्षण रहेको पनि पाइएको छ । यस विषयमा पनि मुलपत्रले खोजी गरिरहेको र केही तथ्य फेला समेत पारेको छ ।

नेपालको कानूनले भने जुवातास खेल्न रोक लगाएको छ। जुवा ऐन २०२० ले जुवालाई सम्पत्ति हार्ने वा जित्ने गरी बाजी थापी खेलेको खेल भनेर व्याख्या गरेको छ।

Image Source: © https://mulpatra.com

जुवासम्बन्धी ऐन २०७५ सालमा फेरिएको छ । त्यसअघि जति रकम बरामद भए पनि २ सय रुपैयाँ मात्रै जरिवाना थियो । अहिले पहिलो पटक जुवाको आरोपमा पक्राउ परेकाहरुलाई ३ महिना कैद र ३० हजार जरिवाना छ भने दोस्रो पटक पनि पक्राउ परे तीन महिना थप हुने छ ।

१ वर्ष सम्म कैद सजाय हुने जुवाको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्न सक्ने कानुनी व्यवस्था छ ।