Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

सबै मिलेर पेल्दा बालेन महासंकटमा तीन महिनादेखि चुइक्क बोल्दैनन्

सबै मिलेर पेल्दा बालेन महासंकटमा तीन महिनादेखि चुइक्क बोल्दैनन्
  • २९ जेष्ठ २०८२, बुधबार १२:०७

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अहिले गम्भीर संकटमा परेका छन् । उनीमाथि चौतर्फी आक्रमण भइरहेको छ । मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र वडाध्यक्षहरूबीच बढ्दो मतभेद र मनमुटावका कारण प्रशासनिक कामकाज महिनौँदेखि प्रभावित हुँदै आएको छ ।

mulpatra

जनप्रतिनिधिहरूबीचको आन्तरिक विवादका कारण उनी नेतृत्वको देशकै सबैभन्दा ठूलो महानगर जटिल परिस्थितितर्फ अग्रसर छ । एकातिर बालेन उपमेयर, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूको घेराबन्दीमा परेका छन् भने अर्कातिर संघिय सरकारको समेत उनलाई असहयोग गर्दै आएको छ ।

विगतमा यो प्रक्रिया नियमित रूपमा चल्दै आए पनि पछिल्ला छ महिनादेखि मेयर, उपमेयर र वडाध्यक्षहरूबीचको द्वन्द्वका कारण बैठक बस्न सकेको छैन । यसको प्रत्यक्ष असर सेवा प्रवाह, विकास निर्माण र नीतिगत निर्णयमा देखिएको छ ।

mulpatra mulpatra mulpatra

प्रधानमन्त्री केपी शर्मा ओली स्वंय र सिंगो एमाले नै बालेनविरुद्ध लाग्दै आएको छ । अर्कोतिर उनका निकट सहयोगी नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परे बालेन झनै संटकमा फसेका छन् ।

आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटसमेत अन्योलमा पारेको छ । बजेट नै अन्योलमा परेपछि वडाध्यक्षहरूले मेयर बालेनलाई कार्यपालिका र नगरसभा बैठक यथाशिघ्र बोलाउन दबाब दिँदै आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित वडा नम्बर १६ की वडाध्यक्ष रोजिना श्रेष्ठले समेत सोही माग दोहोराएकी छन् ।

बालेनको आगमनसँगै काठमाडौंवासीमा ठूलो आशा जागेको थियो । परम्परागत राजनीतिबाट पृथक देखिने उनको शैली, सुधारवादी सोच र सक्रियताले सुरुवातमा व्यापक प्रशंसा पनि पायो । लामो समयदेखि कार्यपालिका बैठक नबस्दा बजेट निर्माणसम्बन्धी प्राथमिकताहरूमा समेत छलफल हुन सकेको छैन । जसले जसले बालेनमाथि थप राजनीतिक र नैतिक दबाब सिर्जना गरेको छ ।

Image Source: © https://mulpatra.com

काठमाडौं महानगरपालिकामा देखिएको यो संकटले स्थानीय सरकारको पारदर्शिता, जवाफदेहिता र नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ । अब, मेयर बालेनले यो संकट समाधान गर्न कसरी अगाडि बढ्छन् भन्ने कुराले उनको नेतृत्व क्षमता र राजनीतिक भविष्य कता मोडिन्छ भन्ने निर्धारण गर्नेछ ।

नगर प्रहरी प्रमुख (एसएसपी) राजुनाथ पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले छ महिनाका लागि निलम्बन गरेपछि बालेनको प्रशासनिक पकड कमजोर भएको छ । पाण्डे बालेनका विश्वासपात्र मानिन्थे, त्यसैले उनको निलम्बनले मेयरको प्रभाव र नियन्त्रण क्षीण भएको सन्देश दिएको छ ।

बजेट प्रस्तुत गर्न असार १० गतेभित्र नीति तथा कार्यक्रम र असार १५ भित्र बजेट पास गरिनु कानुनी बाध्यता छ । तर, मेयर बालेनले कार्यपालिका बैठक नै नबोलाउँदा यी सम्पूर्ण प्रक्रिया अलपत्र परेका छन् ।

बैठक बोलाउने र अध्यक्षता गर्ने अधिकार मेयरको भए पनि उनले किन बैठक नबोलाएको भन्नेबारे अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् । महानगरभित्रको यो आन्तरिक विवादका कारण फोहोर व्यवस्थापन, सडक मर्मत, सार्वजनिक यातायात, सामुदायिक सेवा जस्ता जनजीवनसँग जोडिएका काम प्रभावित भइरहेका छन् ।

सडक अतिक्रमण हटाउने, फोहोर व्यवस्थापनमा सुधार ल्याउने र शहरको सौन्दर्यीकरणका प्रयासहरू उल्लेखनीय मानिए । तर, अहिले उनी नायकबाट खलनायक बन्न थालेको टिकाटिप्पणी सुरु हुन थालेको छ । उनीबाट सहकर्मी, कर्मचारी र स्थानीय सरोकारवालाहरू टाढा भइसकेका छन् भने निर्णय प्रक्रियामा पारदर्शिता र सहकार्यमा पनि चुक्न थालेका छन् ।