Close

Recent Posts

पत्रकार पाठक खोज्दै प्रहरी घर पुग्यो, चौतर्फी विरोध

पत्रकार पाठक खोज्दै प्रहरी घर पुग्यो, चौतर्फी विरोध
  • २९ जेष्ठ २०८२, बुधबार १६:४७

काठमाडौं– पत्रकार दिलभूषण पाठकलाई खोज्दै प्रहरी उनको घरमा पुगेको छ । पाठकविरूद्ध काठमाडौं जिल्ला अदालतबाट नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ पुर्जी लिएको थियो ।

mulpatra

प्रहरीहरू पाठकलाई खोज्दै बुधबार दिउँसो उनको घर धुम्बाराही पुगेको उनीनिकट पत्रकारले बताइरहेका छन् । पत्रकार पाठक भने प्रहरीको सम्पर्कमा छैनन्, उनको मोबाइल पनि स्वीच अफ छ ।

प्रहरी स्रोतले पनि पाठकको घरमा टोली पुगेको पुष्टि गरेको छ । यसैबीच उनले नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलसँग सहयोग माग्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

पत्रकार पाठकले ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानल चलाउँछन् । त्यस च्यानलमा तीन साताअघि प्रसारित एक सामग्रीलाई लिएर नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेको थियो ।

पाठकको विषयमा पत्रकार महासंघ र वरिष्ठ पत्रकारहरुले समेत विरोध गरिरहेका छन् । यस विषयमा प्रेस काउन्सिल पनि बेखर छ । पाठकलाई पत्रिने चर्चा भएसँगै सरकारको चौतर्फी विरोध भइरहेको छ । विरोधपछि सरकारले उनलाई नपत्रिन प्रहरीलाई निर्देशन दिएको गृहस्रोतले जनाएको छ ।