Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रसाई छुट्ने चर्चासँगै उनका समर्थकको अदालत अगाडी भीड

प्रसाई छुट्ने चर्चासँगै उनका समर्थकको अदालत अगाडी भीड
  • ३० जेष्ठ २०८२, बिहीबार १३:०६

काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई छुट्ने चर्चा भएसँगै उनका समर्थक जिल्ला अदालत काठमाडौँ अगाडी भेला हुन् थालेका छन् ।

mulpatra

गत चैत १५ गते राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको आन्दोलनका क्रममा पक्राउ परेका प्रसाईको आज पनि थुनछेक बहस आज पनि जारी छ । उनी छुट्ने चर्चा भएसँगै उनका समर्थक अदालत अगाडी बेला भइरहेका छन् । हिजोदेखि प्रसाईका समर्थक अदालत अगाडी भेला भइरहेका छन् ।

तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको थुनछेक बहस आज पनि जारी छ ।

mulpatra mulpatra mulpatra

काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो ।आज ९ औं दिन पनि थुनछेक बहस चलिरहेको हो ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, संगठित अपराध, राजद्रोह र आपराधिक उपद्रवसम्मको मुद्दा ६१ जनालाई लगाइयो । तर यसमा भनेजस्तो प्रमाण प्रहरीसँग नभएको पनि स्रोतको भनाइ छ ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा भइरहेको थुनछेक बहसमा सरकारी वकिलले जवाफी बहस गरिरहेका छन् । ११ जेठमा दायर भएको मुद्दाको १८ दिन बित्दा पनि आदेश आउन सकेको छैन ।

Image Source: © https://mulpatra.com