मयेर बालेनमाथि भ्रष्टाचारको मुद्दा चल्ने संकेत, कनि विवादमा मुछिदैनछन् उनी
काठमाडौं– काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाहमाथि मुद्दा चलाउने तयारी भइरहेको पाइएको छ । काठमाडौँ महानगरपालिकाका पदाधिकारी तथा कर्मचारी वैदेशिक भ्रमण गरी ५२ लाख ५४ हजार ७७ रुपैयाँ खर्च लेखेकोमा निर्देशिकामा तोकिए बमोजिम मनोनयनबेगर वैदेशिक भ्रमण गरेको देखिएकोले भुक्तानी भएको खर्च रकम नियमसम्मत नदेखिएको नभएको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले बालेनको भ्रमणका क्रममा ‘स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण सम्बन्धी निर्देशिका, २०७५’ को गम्भीर उल्लङ्घन गरिएको जनाएको छ ।
निर्देशिकाको मनोनयन प्रक्रिया र खर्च व्यहोर्ने प्रावधानविपरीत महानगरपालिकाले लाखौँ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा भनिएको छ । उक्त भ्रमणका नाममा भुक्तानी गरिएको अधिकांश रकमलाई पनि महालेखाले नियमसंगत नरहेको भनेको छ ।
आर्थिक वर्ष २०८०÷८१ मा ३५ वटा एम्बुलेन्स खरिद गरी विभिन्न गाउँपालिकालाई सहयोग गर्ने महानगरको घोषणामाथि पनि भ्रष्टाचारको आरोप लागेको छ । विदेश भ्रमणमा नियमविपरीत खर्च र मनोनयन प्रक्रियाको उल्लंघनले मेयर बालेको प्रशासनिक विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।
कार्यपालिकाको २०८१ असार १० गतेको अर्को निर्णय अनुसार बालेन र उनको सचिवालयका लम्साल र कुमार व्यञ्जनकारसमेतका लागि भौचर नं। ५७२३ मार्फत २० लाख ४९ हजार १६५ रुपैयाँ भ्रमण खर्च २०८१ असार १८ भुक्तानी गरिएको महालेखाले उल्लेख गरेको छ ।
योसँगै महानगरको कर्मचारी र शिक्षकहरुको नेपाल, भारत र बंगलादेशमा शैशिक्षक अध्ययन भ्रणमको लागि नेपला साभ्मि दुर्स एण्ट ट्रभाललाई २०८० पुस दुई गते भौचर नं ६७० मार्फत १९ लाख ७४ हजार ७७ रुपैयाँ ७५ पैस भूक्तानी गरिएको छ ।
बालेन, उनका स्वकीय सचिव भुपदेव साह र खरिद प्रक्रियामा संलग्न कर्मचारीहरूविरुद्ध अख्तियारमा उजुरी परेको छ ।
एम्बुलेन्स खरिदमा भ्रष्टाचारको उजुरीले उनको नेतृत्वमाथि थप दबाब सिर्जना गरेको छ । यदि आरोपहरू पुष्टि भए, उनको राजनीतिक भविष्य र काठमाडौं महानगरको छविमा गम्भीर असर पर्न सक्छ ।
चौतर्फी घेरमाबन्दीमा परेर शक्तिहीन बनेका काठमाडौंमा महानगरपालिकाका मेयर बोलन शाह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पनि तानिएका छ ।
बालेन, एकातिर उपमेयर, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूको घेराबन्दीमा परेका छन् अर्कोतिर विदेश भ्रमणमा जाँदा भ्रष्टाचार भएको भन्दै अख्तियारको छानबिनमा समेत परेका छन् ।
अख्तियारले उनका सल्लाहकारहरूसँग बयान लिइसकेको बताइएको छ । बालेनसँग पनि सोधपुछ गरेपछि मुद्दा चल्ने कि नचल्ने भन्ने विषयमा अख्तियारले निर्णय गर्नेछ ।
महालेखापरीक्षकको पछिल्लो प्रतिवेदनले काठमाडौँ महानगर प्रमुखसहित विभिन्न पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गर्दा ५२ लाख ५४ रुपैयाँभन्दा बढी अनियमित रूपमा खर्च गरेको औँल्याएको छ । त्यसमध्ये ३२ लाख ७९ हजार रूपैयाँबराबरको अनियमित खर्च बालेन र उनका सल्लाहकारका नाममा भएको भेटिएको छ ।
कान्स सहरका मेयरको निम्तोमा उक्त फेस्टिभल हेर्न जाँदा साहले जम्मा २२ लाख ५६ हजार ४ सय २ रुपैयाँ ७५ पैसा खर्च गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन–२०८२ मा उल्लेख छ । उक्त भ्रमणका क्रममा भएको खर्च बालेन र उनको सचिवालयले फरकफरक भौचरबाट काठमाडौं महानगरबाट भुक्तानी लिएको भेटिएको छ ।
२०८१ वैशाख ३१ गते भौचर नं। ४२६२ माफर्त मार्फत १ लाख ४४ हजार ७०६ रुपैयाँ ५० पैसा र २०८१ असार दुई गते भौचर नं। ५०९१ मार्फत् बालेनको नाममा ६२ हजार ५३१ रुपैयाँ २५ पैसा खर्च गरिएको देखाइएको छ ।
त्यसैगरी बालेन र उनका सल्लाहकार लम्साल ब्राजितको साउ पालोमा मेट्रोपोलिस बोर्ड अफ डाइरेक्सन मिटिङमा जाँदा २०८१ असार दुई गते भौचर नं ५७२२ मार्फत १० लाख २३ हजार भुक्तानी गरिएको महालेखाले जनाएको छ ।
यसरी एकै कार्यक्रममा धेरैजनाको नाममा पटक पटक ठूलो रकम खर्च गरिएको भन्दै त्यसको औचित्यमामा महालेखाले गम्भीर प्रश्न उठाएको छ । पदाधिकारीहरूको विदेश भ्रमण सम्बन्धी निर्देशिका, २०७५ बुँदा नं ४ मा महानगरपालिकाको प्रमुखको विदेश भ्रमणका लागि मनोनयन गर्ने अधिकार नेपाल सरकारको हुने उल्लेख छ ।
निर्देशिकाको बुँदा नं ८ ९१० मा दफा ५ बमोजिम सम्बन्धित स्थानीय तहको सिफारिसमा मनोनयन भएको पदाधिकारीले सम्बन्धित स्थानीय तहबाट भ्रमण खर्च पाउने र यसबमोजिम बाहेक विदेश भ्रमण गर्ने पदाधिकारीले भ्रमण वापतको खर्च कुनै पनि सरकारी कोषबाट नव्यहोरिने उल्लेख छ ।
त्यस्तै स्थानीय तहका कर्मचारीहरूको विदेश भ्रमण सम्बन्धी निर्देशिका, २०७५ बुँदा नं। ४ को खण्ड ९ ख मा कर्मचारीको विदेश भ्रमणका लागि राजपत्रांकित विशिष्ट श्रेणी र राजपत्रांकित प्रथम श्रेणीबाहेक अन्य कर्मचारीको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवले मनोनयन गर्ने व्यवस्था छ ।
