Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

अमेरिकाबाट भगवानको अर्को स्टाटस–बालेनलाई रास्वपामै समाहित गर्न खोजिएको दाबी

अमेरिकाबाट भगवानको अर्को स्टाटस–बालेनलाई रास्वपामै समाहित गर्न खोजिएको दाबी
  • ३१ जेष्ठ २०८२, शुक्रबार १०:३१

काठमाडौं – अमेरिका निवासी लोकगायक भगवान भण्डारीले आज अर्को स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङलाई रास्वपामा समाहित गर्ने विषयमा छलफल भएको दाबी गरेका छन् ।

mulpatra

आफ्नो अघिल्लो स्टाटसलाई धेरैले पत्यार नगरेपछि उनले थप प्रष्टीकरण दिएका हुन् । भण्डारीले अस्ति बालेन, हर्कसहित २० जनाको भर्चुअल बैठक बसेको र सुमना श्रेष्ठको संयोजनमा नयाँ पार्टी बनाउने सहमति भएको दाबी गरेका थिए । आज उनले नयाँ पार्टी जन्माउन आँटेको नभएर रास्वपाकै अर्को नाम राख्न खोजेको बताएका छन् ।

यो पनि पढ्नुहोस्– बालेनले नयाँ पार्टी खोल्न लागेको अमेरिकाबाट भगवान भण्डारीको दाबी, सत्यको नजिक कि भ्रामक ?

mulpatra mulpatra mulpatra

भण्डारीले हिजो लेखेको स्टाटस भने फेसबुकबाट हटाएका छन् ।

हेर्नुस् भण्डारीको स्टाटसः

कुरा भएकै हो सबै जोडिएकै हो ,खोज्न चाहेमा मिडियाले निकाल्न सक्छ । मेरो एउटा मात्रै त्रुटि के भयो भने पार्टीको नाम नयाँ राख्ने भन्ने कुरा प्रष्ट भएन , केहि साथीहरू असहमत भएकोले रास्वपा कै अर्को नाम राख्न खोजेको हो नयाँ पार्टी जन्माउन खोजेको हैन।

Image Source: © https://mulpatra.com

मेरो लेखाइमा अस्पष्टता भएकोमा माफी चाहन्छु । फेरि प्रष्ट पार्न चाहन्छु। रास्वपा मै बालेन , हर्क गोपी जीहरू समाहित गर्दा नाम फेर्ने प्रस्ताव मात्र आएको हो । केहि मिडियाहरूलाई ग्रुप कलको प्रमाण पनि पठाएको छु