Close

Recent Posts

इजरायलले इरानमा गरेको आक्रमणप्रति अमेरिका असन्तुष्ट, इजरायल मध्यपूर्वलाई किन युद्धमा होम्दैछ

इजरायलले इरानमा गरेको आक्रमणप्रति अमेरिका असन्तुष्ट, इजरायल मध्यपूर्वलाई किन युद्धमा होम्दैछ
  • ३१ जेष्ठ २०८२, शुक्रबार ११:१५

काठमाडौं– इजरायलले इरानविरुद्ध गरेको आक्रमणप्रति अमेरिका सन्तुष्ट नरहेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् । इरानमा इजरायली आक्रमणमा ‘अमेरिकी सहभागिता छैन’ भनेर आफ्ना अभिव्यक्तिहरूमा अमेरिकी अधिकारीहरूले जोड दिनु यसैको प्रमाण रहेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले विश्लेषण गरेका छन् ।

बीबीसीका अनुसार अमेरिकाले इजरायली आक्रमणको पूर्वसूचना पाएको थियो। अमेरिकी नागरिकको सुरक्षाका लागि तुरुन्त कदम चाल्नु त्यसको प्रमाण हो । मध्यपूर्वमा युद्धको खतरा थप बढेको बेला ट्रम्पले यो नयाँ कूटनीतिक संकटसँग जुझ्नुपर्ने देखिएको बीबीसीले विश्लेषण गरेको छ ।

तर अब यो सम्भावित कूटनीतिक उपलब्धि बिग्रिएको देखिन्छ । ट्रम्पले खुलेर अभिव्यक्ति नदिए पनि, नेतान्याहूले तेहरानमाथि आक्रमण गर्ने निर्णय गरेर अमेरिकी प्रयासलाई चुनौती दिएको संकेत गरेका छन् । ट्रम्पले ‘नयाँ शान्ति युग’ को कुरा गरे पनि, इजरायलको यो कदमले अमेरिकी प्रभाव सीमित भएको पनि सन्देश दिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी समयतालिकाअनुसार होइन, इजरायल आफ्नै हिसाबले अघि बढ्छ भन्ने सन्देश दिन चाहेका छन् । इरानसँगको आणविक वार्ता जारी रहेको र ट्रम्पका कूटनीतिक प्रतिनिधि स्टीभ विकफ आइतबार ओमानमा इरानी प्रतिनिधिसँग भेट गर्ने तयारीमा रहिरहेको बेला इजरायलले हमला गरेको हो ।

बेन्यामिन नेतान्याहू र डोनाल्ड ट्रम्पबीच यस हमलाको सम्भावनालाई लिएर मतभेद चर्किएको संकेत यसअघि पनि प्रकट भएका थिए । ट्रम्पले नेतान्याहूलाई ‘अहिलेलाई आक्रमण नगर्न’ भनेका थिए किनकि अमेरिका इरानसँग आणविक वार्ताका लागि काम गरिरहेको थियो ।

हिजबुल्लाहको क्षयीकरणपछि क्षेत्रीय सन्तुलनमा इरान कमजोर भएको विश्लेषण इजरायलको रहेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूको विश्लेषण छ । मार्को रुबियो लगायतका अमेरिकी नेताहरूको अभिव्यक्तिले इजरायलको यो कदम अमेरिकालाई मन नपरेको सन्देश प्रवाह भइरहेको छ ।

रोयटर्सका अनुसार उनले भनेका छन्, ‘यस हमलासँगै इजरायलले आफ्नै लागि तीतो भविष्य तयार पारेको छ, र त्यो उसले निश्चित रूपले भोग्नेछ ।’ इरानी सरकारी सञ्चारमाध्यमहरूले इजरायली आक्रमण दोहोरिएको छ । रोयटर्सका अनुसार शहरमाथि एयर डिफेन्स प्रणाली चलिरहेको आवाज पनि सुनिएको छ ।

इन्स्टाग्राम, फेसबुक, एक्स जस्ता प्रमुख सामाजिक सञ्जालहरू इरानमा प्रतिबन्धित छन्, तर मानिसहरूले भीपीएन जस्ता उपायबाट सामाजिक सञ्जाल चलाउँछन् । सरकारी सञ्चारमाध्यमभन्दा छिटो आम मानिसहरूले आक्रमणका भिडिओहरू साझा गरेका थिए ।

इरानी सेनाका प्रवक्ता अबोलफजल शेकरचीले भनेका छन्, ‘यो यहूदीवादी आक्रमणको हाम्रो सशस्त्र बलहरूले निश्चित रूपमा जवाफ दिनेछ। इजरायल र अमेरिका यसका लागि भारी मूल्य चुकाउने छन् ।’ इजरायली सेनाका प्रमुख अफस्टाफ एयाल जामीरले टेलिभिजनमार्फत सम्बोधन गर्दै भनेका छन्, ‘हामी सबै सीमामा तयारी गरिरहेका छौं र दशौं हजार सैनिक परिचालन गर्दैछौं।’

उनी थपे, ‘हामीलाई चुनौती दिने जो–कसैले भारी मूल्य चुकाउनु पर्नेछ ।’ उनले सम्बोधनमा भने, ‘इजरायली जनताहरू, म तपाईंहरूलाई पूर्ण सफलता सुनिश्चित गर्न सक्दिनँ। इरानी सरकारले प्रतिक्रिया जनाउने प्रयास गर्नेछ। यसपटकको लागत हामीलाई बानी परेकोभन्दा फरक हुनेछ ।’

इरानको सरकारी टेलिभिजनले अझै पनि अवस्था ‘शान्त’ रहेको र आगो नियन्त्रणमा आएको बताउँदै घटना कम आँक्ने प्रयास गरिरहेको छ । यसबेला घाइते वा मृतकको संख्याबारे घोषणा भएको छैन, तर सरकारी मिडियाले अमेरिकालाई दोष दिँदै, ‘बालबालिका मारिएको’ दाबी गरिरहेको छ ।

यो पटक, अक्टोबर र अप्रिल २०२४ का आक्रमणहरूभन्दा फरक कुरा के छ भने सत्यापित (फ्याक्ट चेक गरिएका) भिडियोहरूले तेहरानका आवासीय भवनहरूमा आक्रमण भएको देखाएको छ । स्वभाविक रूपमा इरानले निश्चय नै बलपूर्वक प्रतिक्रिया दिनेछ। गत अक्टोबरमा उसले सयौं ब्यालेस्टिक मिसाइल इजरायलमा प्रहार गरे पनि धेरैजसो रोकिएका थिए । इरानले यस्ता कारबाही फेरि दोहो¥याउन सक्छ ।